कभर खबर

  • १ फाल्गुन २०७६, बिहीबार १९:१७

नेकपामा कुनै पुच्छर छैन्ः नेकपा कर्णाली सह इन्चार्ज ज्वाला

सल्यान । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कर्णाली प्रदेश सह इन्चार्ज प्रकाश ज्वालाले नेपाल कम्युनिष्ट पार्टीमा कुनै पुच्छर न रहेको बताउनु भएको छ । हिँजोका दिनमा दुइ पार्टी अलग अलग दिशा तर्फ रहेपनि नेकपा जन्मिँदा खेरी पनि कसैको पुच्छर नभएको र अहिलेपनि स्वतन्त्र रहेको बताउनु भएको छ ।
२५ औं महान जनयुद्ध तथा जनआन्दोलनका सहिद स्मृति दिवस २०७६ को अबशरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सल्यानद्वारा बिहिवार खलंगा स्थित पार्टी कार्यालयमा आयोजित चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।


उहाँले पार्टी भित्रको गुटबन्दी पुर्ण रुपले अन्त्य भएको बताउनु भयो । एकताको कडी भनेको विधि,प्रकृयागत ढंगले एक भएर अगाडी बढी रहेको बताउँदै भावनात्मक रुपमा एक भएको नेकपाले अर्को ठुलो शक्तीको डटेर सामना गर्न सक्ने गरि तैयार भएको बताउनु भयो ।
कम्युनिष्ट आन्दोलनलाई सँस्थागत गर्नको लागि तत्कालीन एमाले र माओवादी एक भएको बताउँदै सह इन्चार्ज ज्वालाले युगको आबश्यकता र जनताको माग अनुसार दुई पार्टी एक भएको बताउनु भयो ।
‘पार्टी एकताको बाँकी काम टुंग्याउनको लागि काम भैरहेको छ, आगामी चैत सम्म पार्टीको राष्ट्रिय महाधिवेशन गर्ने गरि तयारी थालिएको छ’ उहाँले भन्नुभयो । उहाँले एकीकरण को मुल काम सम्पन्न भइ सकेको र बाँकी तल्लो तह सम्मका जनवर्गीय संगठनको एकताको काम पनि छिट्टै टुँग्याइने बताउनु भयो ।


कार्यक्रममा बोल्दै जिल्ला इन्चार्ज टेक बहादुर बस्नेतले अहिलेको अवस्थामा दुइ तिहाइको सरकार भएपनि विविध कारणले देशमा सोचे जस्तो काम हुन नसकेको बताउनुभयो । देशमा दुई तिहाईको सरकार भएपनी राज्यसत्ता कम्युनिष्टको नहुदा सोचे अनुसारको काम गर्न नसकिएको उहाँको भनाइ थियो । उहाँले शहीदहरुको सपना अझैपनि पुरा नभउको बताउँदै देशको लागि रगतको बलिदान दिने सहिदको सपनालाई साकार पारेर अगाडि बढ्न अझै बाँकी रहेको बताउनु भयो ।


यस्तै प्रदेश कमिटीका सदस्य भिम बहादुर सेनले जनयुद्धबाट प्राप्त उपलब्धिको संस्थागत गर्नु पर्नेमा जोड दिनुभयो । जिल्ला अध्यक्ष गोबिन्द कुमार पुनको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिब कर्ण बहादुर बुढाथोकीले गर्नु भएको थियो । सो अबशरमा नेपाली काँग्रेस पार्टी परित्याग गरेर शारदा नगरपालिका १५ का सन्दिप वलीले नेकपामा प्रवेश गर्नु भएको छ ।

कभरखबर

 

प्रकाशित मिति: १ फाल्गुन २०७६, बिहीबार १९:१७