
दार्मा, सल्यान । भित्ताहरु बेहुलीझैं सिंगारिएको, श्रींगार सामाग्रीथिए त केवलदार्मा गाउँपालिकालाई प्रष्ट पार्ने विभिन्न तथ्यांक र सन्देश मुलक चार्ट, रंगीचंगी पेपर, पोषण सम्बन्धि कोटेसन र भनाईहरु, विभिन्नपोषण जन्य सामाग्रीको प्रदर्शनीजसले सिंगो गाउँपलिकालाई ऐना जस्तै जिस्काई रहेका थिए । गाउँपालिकाका सबै जनप्रतिनिधि, कार्यपालिका सदस्यहरु, विषयगत सबै शाखार सरोकारवालाहरु सबै लाई लाग्थ्यो सिंगो गाउँपालिका नै पहिलो पटक यसरी एक साथ एकिकृत पोषणको समिक्षा जुटेको थियो ।
सन्दर्भ थियो–दुई दिने बहुक्षेत्रिय पोषण सम्बन्धि दिगोपना सुनिश्चितता कार्यशालागोष्ठीको । दार्मा गाउँपालिकालाई स्वच्छ, सफा, स्वस्थ र पोषणयुक्त बनाई समृद्ध नेपाल, सुखी नेपालीबनाउने अभियानका साथदार्मा गाउँपालिकाको आयोजना तथा सुआहारा दोश्रो परियोजनाको प्राविधिक सहयोगमा दार्मा गाउँपालिकाको सभाहलमा दुई दिनसम्म संचालित कार्यक्रममा पोषणको महत्व र आवस्यकतावारेमा सबै जनप्रतिनिधि तथा विषयगतशाखाले सक्रियताका साथ सहभागिता जनाएकाथिए । गर्भवती, सुत्केरी, दुई वर्ष मुनिकाबालबालिका र किशोरीहरुको पोषण स्थिती सुधार गर्न जनप्रतिनिधि, स्वास्थ्य, शिक्षा, कृषि, पशु सेवा, महिला तथा बालबालिका लगाएत स्थानीय सरोकारवाला सबै क्षेत्रको समान भुमिका हुन्छ भन्ने कुरामा सहभागी वक्ताहरुले जोड दिएका थिए ।
सुआहारा कार्यक्रमका कार्यक्रम संयोजक अमृत पौडेलको बिनम्रता रुपीआग्रहमा सबै सहभागीहरु उत्सुकताका साथ सहमत देखिन्थे । ससार बदल्नु छ भने सुरुवातआपैmबाट गर्नुपर्छ बल्ल परिवर्तन सम्भब छ भन्दै उहाँले सकारात्मक सोचका साथ आफ्नो बस्ति र टोल सुधार गर्न तल्लिन जनप्रतिनिधि र कर्मचारीहरु पोषण स्थिती पनि सुधार गर्न आजैवाट लाग्नु भयो भने अवस्य दार्मा गाउँपालिकाका आमाहरुको ओठमा मुस्कान ल्याउन सक्ने उहाँले बताउनुभयाे ।
महिला तथा बालबालिका शाखा प्रमुख यमुना खड्काले पालिका भित्रका सबै महिला बालबालिकाको हकहित एवं पोषण स्थिती सुधार गर्न तथा थप प्रभावकारी कार्यक्रम ल्याउनुपर्ने कुरामा जोड दिनुभयो । यसैगरि शिक्षा शाखा प्रमुख श्री रोम प्र. पाण्डेले विद्यालयको अवस्था साथै विद्यालयमा पोषण र स्वास्थ्य सम्बन्धि अवस्थाको वारेमा प्रश्तुुती गर्नुभएको थियो । वहाँले आगामी दिनमा विद्यालयलाई पनि स्वास्थ्य र पोषणयुक्त बनाउन स्वास्थ्य र पोषणका बिबिध क्रियाकलाप (स्यानेटरी प्याडको व्यवस्था,दिवाखाजा कार्यक्रम, किशोरीहरुलाई आईरन चक्कि) हरु नियमित रुपमा संचालन गर्नु पर्ने र विद्यालयमा स्वास्थ्यकर्मि गई पोषण। स्वास्थ आनी बानि सम्बन्धि कक्षा संचालन गर्नुपर्नेमा जोड दिनुभयो ।
कृषि शाखा प्रमुख नेत्रलाल घर्तिले पोषण सुधारमा कृषिको महत्व माथि प्रष्ट पार्नुभएको थियो । वहाँले एक घर एक फलफुको बोटको नीति लिनुपर्ने र जलवायुमैत्री प्रविधिमा जोड दिनुपर्ने बताउनुभयो । त्यस्तै पशु सेवाशाखा प्रमुख हस्तराम खड्काले पनि पोषण सुधारमा पशु जन्य उत्पादन र उपभोगको महत्व अपरिहार्य रहेको बताउनुभयो । साथै वहाँले स्थानीय जातका उत्पादनलाई आधुनिक पद्धतिबाट अगाडी बढाउनुपर्ने, कृषकलाई अनुदानको ब्यबस्था गर्नुपर्ने, पालिका स्तरमा मिनि ह्याचरी स्थापनामा जोड दिनुभएको थियो ।
“घर–घरमा कुखुरा पालौं, आयआर्जन गरि कुपोषण फालौं”भन्ने नाराका साथ कार्यक्रम अगाडी बढाउनुपर्ने माजोड दिनुभएको थियो । स्वास्थ्य शाखा प्रमुख यज्ञ बहादुर बस्नेतले समग्र दार्मा गाउँपालिकाको स्वास्थ्यर पोषणको अवस्थाको वारेमा प्रस्तुतिकरण गर्नु भएको थियो । गत तीन वर्षको तथ्यांक प्रष्तुतिमा दार्मा गाउँपालिका समग्र रुपमा सुधार उन्मुख रहेको बताउनुभयो । वहाँले अवका दिनमा स्वास्थ्य र पोषण अवस्था सुधार गर्न सबै क्षेत्रले योजनाबद्ध रुपमा कार्यक्रम ल्याई कार्यान्वयन गर्ने र पोषण परामर्शलाई अझ प्रभाबकारी बनाउदै लैजानु पर्ने बताउनुभयो ।
सुआहारा कार्यक्रमका पोषण अधिकृत लिलबहादुर नेपालीले स्वास्थ्य र पोषण कार्यक्रमको दिगोपनामा स्वास्थ्य प्रणाली सुदृढिकरण गनुपर्ने बताउनुभयो ।वहाँले सामान्य औषधि किनेर र उपचार गरेर मात्र स्वास्थ्यमा सबै थोक हुन्छ भन्नु अहिलेको आवस्यकता नभएको र यसको लागी सर्व पक्ष सुधार गर्नु र जुट्नु जरुरी रहेको र त्यसको लागी स्थानीय सरकार अधिकार सम्पन्न रहेकोबारे प्रष्ट पार्नु भएको थियो । निमित्त प्रमुख प्रशासकीय अधिकृत अमृत खड्काले गाउँपालिकाको ध्येय, परिकल्पना र बस्तुस्थितीको बारेमा प्रष्ट पार्नुभएको थियो भने दलितविकास सल्यानका कार्यकारी निर्देशकदुर्गा पुनले सुआहारा कार्यक्रमबाट प्राप्त उपलब्धीहरुको दिगोपनाकालागी संस्थाको आगामी दिनमाहुन सक्ने भुमिकाको बारेमा बताउनु भएको थियो ।
त्यस्तै गाउँपालिका उपाध्यक्ष टिका वलीशर्माले महिलाहरुको कामको पनिपरुष सरह मुल्यांकन हुनुपर्ने र महिला र परुषविचको कार्य विभाजन समान रुपमा गर्नुपर्ने बताउनु भयो । कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष निमबहादुर केसीले पोषण अवस्था सुधार गर्न पहिलाहामी जन प्रतिनिधिहरुको ब्यबहार पोषणयुक्त हुनुपर्ने बताउनुभयो । पालिका भित्रका सबै शाखा, सबै स्वास्थ्य संस्थाहरुले मासिक कार्य योजना बनाएर पालिकामा पेश गर्ने र पालिकाले उक्तकार्य योजनाअनुरुप काम भएन भएको नियमित अनुगमन गर्ने साथै मासिक रुपमा वडा स्तरिय पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिको बैठक बस्नुपर्ने कुरामा जोड दिनुभयो । कार्यक्रममा गाउँपालिका उपाध्यक्षलाई पोषण दुतमा चयन गरिएको थियो ।
कार्यक्रममा ३१ बुंदे पोषण सुधारका लागी सुसासननीति, २१ बुंदे स्वास्थ्य र पोषणका क्रियाकलापहरु, ६ बुंदे खानेपानी सरसफाई र स्वच्छता,१० बुंदे महिला तथा बालबालिका, ७ बुंदे शिक्षा क्षेत्रका क्रियाकलाप हरु तयार गरि पालिका स्तरीय पोषण तथाखाद्य सुरक्षा निर्देशक समितिको बैठकबाट पारित गर्दै प्रतिबद्धता पत्रमा हस्ताक्षर गरिएको थियो । कार्यक्रममा सुआहारा कार्यक्रमका वास अधिकृत निमराज केसी,फिल्ड संयोजक तोरण बुढाथोकी, फिल्ड सुपरभाईजर सुनिल नेपाली र समुदाय पोषण स्वयंसेवका सिता नेपालीको पनि सहभागिता रहेको थियो । स्वास्थ्य शाखा प्रमुख यज्ञ बहादुर बस्नेतले संचालन गरेको कार्यक्रमको अध्यक्षता सामाजिक विकास संयोजक चन्द्र बहादुर रावतले गर्नु भएको थियो ।
प्रकाशित मिति: २१ फाल्गुन २०७६, बुधबार १६:४०