
प्रचण्ड खत्री
रुकुम पश्चिम– राप्ती साहित्य परिषद जिल्ला शाखा रुकुम पश्चिको चौथो जिल्ला अधिवेशनबाट मनलाल ओली अध्यक्षमा चयन भएका छन् । जिल्ला सदरमुकाम खंलगामा सम्पन्न अधिवेशनले ओलीको अध्यक्षतामा ७ सदस्यीय परिषदको जिल्ला शाखा गठन गरेको हो ।
उपाध्यक्ष सिर्जना शर्मा, सचिव ओमबहादुर खत्री, सह सचिव वालाराम ओली र कोषाध्यक्ष प्रमोद कुमार शर्मा रहेका छन् । त्यस्तै सदस्यमा यक्कबहादुर केसी र रुपा केसी रहेको बताइएको छ ।
त्यस्तै परिषदको सल्लाहाकारमा साहित्यकारहरु नदिराम केसी, गिरीप्रशाद बुढा, मुकुन्दप्रसाद शर्मा, हरी प्रशाद खनाल, कमप्रशाद देवकोटा र मेगराज खड्का रहेको राप्ती साहित्य परिषद जिल्ला शाखा रुकुम पश्चिमले जनाएको छ । यसै बिच साहित्कार तथा मुसीकोट खलंगा बहुमुखि क्याप्पसका प्रमुख मुकुन्द शर्माले १५ हजारको क्याम्पस प्रमुख साहित्य पुरस्कारको लागि अक्षयकोष स्थापना गरेका छन् ।
अक्षयकोषको रकमबाट आउने लाभासंबाट प्रत्यक वर्ष उत्कृष्ट साहित्कारलाई पुरस्कार बितरण गरिने परिषदका अध्यक्ष मनलाल ओलीले जानकारी दिए । परिषदले गर्दै आएका बिभिन्न कार्यक्रमलाई व्यवस्थित तरिकाले संचालन गर्ने परिषदले जानकारी दिएको छ ।
सस्थापक अध्यक्ष नदिराम केसीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रगतिशिल लेखक संघ नेपाल कर्णाली प्रदेशका अध्यक्ष गिरीप्रशाद बुढा, साहित्यकार तथा क्याम्पस प्रमख मुकुन्द प्रसाद शर्मा, जिल्लाका साहित्यकारहरु, पत्रकार लगायतको सहभागीता थियो । साहित्यकार ओमबहादुर खत्रीको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन सिर्जना शर्माले गरेकि थिइन् ।
प्रकाशित मिति: ५ चैत्र २०७६, बुधबार ११:४१