लकडाउनमै वस दुर्घटना सहचालकको मृत्यु

सल्यान, चैत १४ गते । बिहीबार राती सल्यानमा गाडी दुर्घटना हुदा एक जनाको मुत्यू भएको छ । शारदा नगरपालिका ८ काटीगाउबाट दुल्धारा पोखरा जाँदै गरेको ना ३ ख ७९७५ नम्वरको वस मार्केबजार नजिकै दुर्घटना हुदा एक जनाको घटनास्थलमै एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका ४ का १८ बर्षिय सुजन नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । दुर्घटनामा परी शारदा नगरपालिका ८ का २६ बर्षिय सुरेन्द्र सेजवाल, २७ बर्षिय खेमराज बुढाथोकी र २८ बर्षिय थमन चलाउने घाइते भएको प्रहरीको भनाई छ ।
घाइतेहरुको सल्यान अस्पतालमा उपचार भइरहेको र घाइतेहरुको अवस्था सामन्य रहेको प्रहरीले जनाएको छ । गाडीको टायर मर्मत गर्ने क्रममा दुल्धारा पोखरा आउने क्रममा वस दुर्घटना भएको र वस सडक देखि ५० मिटर तल खसेको छ । दुर्घटनाको अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

प्रकाशित मिति: १४ चैत्र २०७६, शुक्रबार ०८:३३