जनचेतनासँगै जनतालाई सावुन वितरण

प्रचण्ड खत्री
जाजरकोट, १९ चैत, जाजरकोट जिल्लाको छेडागाड नगरपालिका वडा १२ मा कोरोना भाईरस विरुद्धको घरदैलो अभियान तिव्र पारिएको छ । पहिलो चरणमा वडामा ८ सय ६९ घरधुरीलाई सावुन वितरण गरिएको वडा अध्यक्ष प्रेमबहादुर खत्रीले जानकारी दिनुभयो ।
जनचेतनाका लागि जनताका घर , घरमा पुगेको पर्चा वितरण , साबुन बितरण गरी कोरोनाबाट जोगिने उपायका विषयमा छलफल गदै सचेतताको लागि वडा अभियान सञ्चालन गरिएको अध्यक्ष खत्रीले जानकारी दिनुभयो ।
घरघरमा पुगेर कोरोना भाइरसका बारेमा जानकारी दिनुका साथै सचेतनाका फैलाएको उहाँको भनाई  छ ।

प्रकाशित मिति: १९ चैत्र २०७६, बुधबार १२:०३