Purushottam Giri

  • २ जेष्ठ २०७७, शुक्रबार २१:१५

गजल : मन लाग्याे

गजल

तिम्रो मेरो सम्बन्ध बारे, केही कोर्न मन लाग्यो ।
बिगतका ति मिठा रंगिन, याद गोड्न मन लाग्यो।।

नभन्नु भनी खुवाएका बाचा, कसम तोड्न मन लाग्यो ।
अतितमा फलेका तिक्तताका, फलहरु फोड्न मन लाग्यो।।

तिमि बाट अलग्याइएकाे, बाटाे छोड्न मन लाग्यो ।
उल्टो दिशा फर्किएका, बिचार जोड्न मन लाग्यो।।

दुई किनार बनाई बगेको त्यो, नदि मोड्न मन लाग्यो ।
ह्याक गरि परिवर्तित त्यो दिलको, पासवर्ड चोर्न मन लाग्यो। ।

मारिया राई, सल्यान हाल काठमाडाैँ

प्रकाशित मिति: २ जेष्ठ २०७७, शुक्रबार २१:१५