सल्यानमा थप ९ जनामा संक्रमण पुष्टि, सल्यानका ४४ सहित कर्णालीमा २३३ संक्रमित

काठमाडौं- सल्यानमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश अस्पताल सुर्खेतको पशुपन्क्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा ९ जनामा संक्रमण देखिएको हो । यो संगैं सल्यानमा संक्रमितको संख्या ४४ पुगेको छ थप संक्रमण पुष्टि भएका व्यक्ति ९ जना १७ देखि २४ बर्ष उमेर समुहका छन् ।

भारतदेखि आएर बनगाड कुपिन्डे नगरपालिकाको क्वारेन्टाईनमा बसेका उनीहरुमा संक्रमण पुष्टि भएको हो । अहिलेसम्म संक्रमण देखिएका ४४ जना नै बनगाड कुपिन्डे नगरपालिकाका हुन् ।

यो संगैं कर्णाली प्रदेशमा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशको स्वास्थ्य सेवा मशाखाले साँझ ५ बजेर १३ मिनेटमा निकालेको विज्ञप्तीमा कर्णाली प्रदेशमा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
महाशाखाका प्रमुख डाक्टर लक्ष्मी नारायण तिवारीका अनुसार प्रदेश अस्पताल सुर्खेत तथा पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

नयाँ अध्याबधिक विवरण अनुसार कर्णाली प्रदेशमा संक्रमितको संख्या २ सय ३३ पुगेको छ ।

अद्यावधिक विवरण यस्तो छ:

 

प्रकाशित मिति: १९ जेष्ठ २०७७, सोमबार १७:५४