
सल्यान । कपुरकोट गाउँपालिकाको स्थानीय तह प्रकोप ब्यवस्थापन कोष खातामा कृषि सहकारीले सहयोग प्रदान गरेको छ । आइतबार कपुरकोट कृषि सहकारि संस्था लिमिटेडले ३१ हजार रुपैयाँ सहयोग गरेको हो ।
सहकारिका अध्यक्ष जगत बहादुर खड्काले गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनलाई ३१ हजार रुपैयाँको चेक हस्तान्तरण गर्नुभयो । गाउँपालिकाको आर्थिक प्रशासन शाखा मार्फत उक्त रकम कोषमा जम्मा हुने जनाउदै कोरोना विरुद्ध लड्न, कोरोना रोकथाम, नियन्त्रण र लकडाउनका कारण प्रभावितहरुलाई राहत उपलब्ध गराउन रकम प्रयोग गरिने अध्यक्ष सेनले बताउनुभयो ।
सहकारि संस्थाका अध्यक्ष खड्काले संकटको अवस्था र जटिल परिस्थीतीमा साथ सहयोग गर्नु सबैको उत्तरदायीत्व भएको बताउँदै आफुहरुको सहकारिले निर्णय गरेर गाउँपालिकाको राहत कोषमा रकम सहयोग गरेको बताउनुभयो । सो अवसरमा गाउँपालिका उपाध्यक्ष तिला बुढा मगर, प्रमुख प्रशासकीय अधिकृत हिरालाल भण्डारी लगाएत सहभागी हुनुहुन्थ्यो । उहाँहरुले एकता, सचेतना र सतर्कताबाट कोरोनालाई जीत्न सकिने विश्वास ब्यक्त गर्नुभयो ।
प्रकाशित मिति: २५ जेष्ठ २०७७, आईतवार २०:२३