
काठमाडौं – विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसका कारण अहिले विश्व नै त्रसित बनिरहेको छ । कोरोनाभाइरसको संक्रमण बच्चा, जवान, वृद्धवृद्धामा देखिएको छ । तर भारतमा गर्भमा भएको शिशुमा पनि कोरोनाभाइरसको संक्रमण देखिएको छ ।
सुन्दा अचम्म लाग्न सक्छ, तर भारतमा एक महिलाको गर्भमा रहेको बच्चामा कोरोना संक्रमण भएको भारतस्थित पुणेको ससून जनरल अस्पतालले बताएको भारतिय मिडियाले जनाएका छन् । पुणेको बीजे मेडिकल कलेज अन्तर्गतको ससून अस्पतालमा भर्ना भएकी एक गर्भवती महिलाले बच्चा पाउनु एक महिनाअघि उनलाई रुघा लाग्यो ।
उनले बच्ची पाइसकेपछि परिक्षण गर्दा बच्चीमा कोरोना संक्रमण देखियो । मेडिकल टर्ममा यसलाई भर्टिकल ट्रान्समिसन भनिने गरिन्छ । बच्चालाई प्लेसेन्टाको माध्यमबाट कोरोना संक्रमण भएको अस्पतालले जनाएको छ । उपचारपछि अहिले आमा र बच्चाको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।
प्रकाशित मिति: १४ श्रावण २०७७, बुधबार १४:४५