कपुरकोट गाउँपालिकाको पत्रकार सम्मेलनःजनप्रतिनिधि र कर्मचारीको चरित्र हत्याको प्रयास गरियो

सल्यान ।
सल्यानको कपुरकोट गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारीलाई जोडेर भ्रष्टाचार लगातय गैरकानुनी कार्यहरुमा आधारित लगाएको झुटो आरोपले आप्mनो चरित्र हत्या भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

विप्लबको कार्यकर्ता हुँ भन्दै स्थानीय नारायण ओली नाम गरेका व्यक्तिले जनप्रतिनिधि र कर्मचारीहरुसंग अनावश्यक चन्दा माग्ने गरेको र चन्दा नदिएपछि ज्यान मार्ने धम्की दिएर त्रसित बनाएपनि चन्दा दिन नमानेपछि जनप्रतिनिधि र कर्मचारीलाइ आरोप गलत आरोप लगाएको गाउँपालिकाले जनाएको छ ।

जिल्लाका केही संचार माध्यममा वलीले दिएको अभिव्यक्तीमा कुनै सत्यता नभएको जनाउदैँ गाउँपालिका उपाध्यक्ष तिला बुढाले आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
कपुरकोट गाउपाँलिका ५ रिममा पत्रकार सम्मेलनको आयोजना गरि विगत केही महिना देखी प्रहरीको वान्टेड सुचिमा रहेका नारायण ओली नाम गरेका व्यक्तिले दिएको अन्तरवार्तामा कुनै सत्यता नभएको र सत्यतथ्यलाई जाँचबुझ नगरी केही बिद्युत्तिय माध्यमबाट सार्वजनिक भएको भन्दै खेद प्रकट गरेको उपाध्यक्ष बुढाले बताउनुभयो।

गाउँपालिकामा भ्रष्टाचार तथा अनियमितता हुन नदिन आफुहरु सक्रिय भएर लागेको बताउदैँ उहाँले आफु जनताको प्रतिनिधित्व गर्दै जनताको हित र भलाईको लागी काम गर्दै आएको बताउनुभएको बताउनुभयो । गलत प्रचारले कसैको पनि भलाई नगर्ने भन्दै उहाँले सत्यता र वास्तविकतालाई बुझेर मात्रै अगाडी बढ्नु राम्रो हुने बताउनुभएको छ ।
पत्रकार सम्मेलनमा वडा नम्वर ५ का वडाअध्यक्ष यम कुमार बस्नेत, स्वास्थ्यकर्मी देबेन्द्र कुमार सेन, समाजसेवी भद्रसिंह बुढा, दुर्गा पुन लगाएतकाले बोल्दै चन्दा आतंक मच्चाउदैँ आएका ती ब्यक्तिले लगाएको आरोपमा कुनै सत्यता नभएको बताउनु भयो ।

प्रकाशित मिति: २४ श्रावण २०७७, शनिबार १०:४३