बुधबारदेखि देशभर जाडो बढ्ने मौसमविद

काठमाडौँ ।

यो वर्ष अहिलेसम्म असामान्य रुपमा वा धेरै जाडो भइ नसकेको मौसमविदले बताएका छन् ।मंसिर महिना लागेसँगै देशभर कहिले बादल लाग्ने त कहिले घाम लाग्ने हुँदा जाडो केही बढेको छ । तर असामान्य रुपमा जाडो बढिनसकेको वरिष्ठ मौसमविद निराजन सापकोटाले जानकारी दिनुभएकाे छ ।

मौसमविद सापकोटाले भन्नुभयाे, ‘देशभर जाडो बढ्दो क्रममा छ । तर यसलाई सामान्य नै मान्नु पर्छ । विगतको जस्तै छ अहिले यो समयको जाडो ।’उहाले अघि भन्नुभयाे, ‘अत्याधिक जाडो भएको छैन । तर देशभर अबको केही दिनमा अहिले भन्दा चिसो बढ्ने छ । एक दुई दिन केही कम जाडो भए पनि बुधबारदेखि देशभर जाडो बढ्ने छ ।’

मानिसहरुले जाडो तीव्र गतिमा बढेको महसुस गरेको भए पनि अहिलेको मौसमी अवस्था विगतका वर्षमा यो समयको जस्तै रहेको सापकोटाले बताउनुभएकाे छ ।

प्रकाशित मिति: ८ मंसिर २०७७, सोमबार १२:४६