
प्रचण्ड खत्री / रुकुम पश्चिम ।
चौथो राष्ट्रिय मौराखारा म्याराथन तथा कृषि, पर्यटन र सांस्कृति प्रर्दशनी २०७७ सम्बन्धि पत्रकार सम्मेलन सम्पन्न भएको छ । सानीभेरी गाउँपालिकाको पहिचानको रुपमा हरेक बर्ष मनाइने म्याराथन यस बर्ष पनि बिभिन्न कार्यक्रम गरेर मनाइने भएको हो ।
पत्रकार सम्मेलनमा मौराखारा लेकको भौगोलिक अवस्था र पहिचान, मौराखारा गुरिल्ला म्याराथन किन ?, तत्कालिन माओवादी गुरिल्लाहरुको उद्धेश्य र मौराखारा लेकमा गरेका गतिबिधिहरु र मौराखारा गुरिल्ला म्याराथन धावन मार्ग वारे संक्षिप्त जानकारी सम्बन्धि प्रतिबेदन पेश गरिएको छ ।
त्यस्तै धावनमार्गमा मार्च गर्ने गुरिल्ला धावकहरुले ध्यान दिने बिषयहरु, गुरिल्ला म्याराथन कार्यक्रममको महत्व र धावनमार्गका राजनीतिक दल र वडा समितिहरुले गर्नुपर्ने कामका साथै मौराखारा गुरिल्ला म्याराथन कार्यक्रमको चुनौती र संभावनाको बिषयमा छलफल गरिएको थियो । सानीभेरी गाउँपालिकाको पहिचान कला पर्यटन, मौलिक कला, संस्कृतिको बिकासका लागि मौराखारा गुरिल्ला म्याराथनको आयोजना गरिएको गाउँपालिका अध्यक्ष नर बहादुर पुनले बताउनुभयो ।
पत्रकार सम्मेलनमा पत्रकार सँग कुराकानि गर्दै अध्यक्ष पुनले ऐतिहासिक दिनको सम्झना, खेलको प्रवद्र्धन, खेलाडीको प्रोत्साहन र गाउँपालिकाको पहिचानका लागि गुरिल्ला म्याराथन गर्दै आएको र यसले निरन्तरता पाउने बताउनुभयो ।
प्रकाशित मिति: २९ माघ २०७७, बिहीबार १२:४७