कभर खबर

  • २४ फाल्गुन २०७७, सोमबार १७:०७

व्यवसायि भन्छन् : ‘उद्योग बाणिज्य संघको निर्वाचनमा प्रगतिशिल प्यानलको विकल्प छैन्’

सल्यान ।

सल्यानमा उद्योग बाणिज्य संघको निर्वाचनको लागी माहोल तातिदैँ गएको छ । अहिले जिल्लामा निर्वाचन प्रचारप्रसार देखी मत माग्दै ब्यवसायिहरुको घरदैलो अभियान सञ्चालन भैरहेको छ । यस्तो अवस्थामा निर्वाचनमा होमिएका उम्मेदवार सँगै मतदाताहरु पनि उत्साहित भएका छन् ।

फाल्गुन २९ गते हुने उद्योग बाणिज्य संघ सल्यानको निर्वाचनमा उम्मेदवारी दर्ता गरेको प्रगतिशिल ब्यवसायिक प्यानलले चुनावी प्रसारप्रसारलाई तिव्रता दिएको छ । यसैक्रममा आइतवार सल्यानको रागेचौर, बडागाउ, फारुला, मौहाल्नेमा घरदैलो अभियान सञ्चालन गरिएको छ ।

घरदैलो अभियानका क्रममा ब्यवसायिहरु निकै उत्साहित भएको प्रगतिशिल ब्यवसायिक प्यानलबाट अध्यक्षका उम्मेदवार राजेन्द्र कुमार थापाले जानकारी दिनुभयो । ब्यवसायिहरुले ब्यवसायिहरुरुको हितमा काम गर्ने उम्मेदवारलाई चुन्ने र यसका लागी प्रगतिशिल प्यानलको विकल्प नभएको बताएको थापाले जानकारी दिनुभयो ।

प्रकाशित मिति: २४ फाल्गुन २०७७, सोमबार १७:०७