चौरजहारिमा शिक्षक शिक्षीका लागि २ दिने बिपद जोखिम न्यूनीकरण तालिम सप्पन्न

coverkhabar.com

चौरजहारी - रुकुम पश्चिममा सामुदायिक बिद्यालयमा अध्यापनरत शिक्षक शिक्षाकाहरुका लागि दुईदिने बिपद जोखिम न्यूनीकरण तालिम सप्पन्न भएको छ।


जिल्लाको चौरजहारी नगरपालिका वडा नम्बर १ स्थित होटेल मिड भ्यालीको सभाहलमा आपतकालीन राहत तथा उत्थानशीलता कार्यक्रम अन्तर्गत बिपद जोखिम न्यूनीकरण तालिम सप्पन्न भएको हो ।


बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुलाई बिपदको अबस्थामा कसरी सुरक्षित रहन सकिन्छ भन्ने उदेश्यले खेलको अभ्यास द्वारा तालिम सन्चालन गरिएको आयोजकले जानकारी दिएको छ।


त्यस्तै विद्यालयस्तरको प्रशिक्षणमा विपद् जोखिम न्यूनीकरण (DRR) खेलहरूको मुख्य उद्देश्य भनेको शिक्षक र विद्यार्थीहरूमा विपद् प्रतिको सचेतना, तयारी र सहनशीलता विकास गर्नका लागि तालिम सन्चालन गरिएको प्रशिक्षक कुमेर परियारले बताउनुभयो।  


तालिममा विपद् जोखिम न्यूनीकरणसँग सम्बन्धित फरक–फरक चार वटा खेलहरू  पहिरो, भूकम्प, आगलागी र आँधी–हुरीसँग सम्बन्धित रहेर सहजीकरण गरिएको थियो । 


प्रत्येक खेल विद्यार्थीहरूलाई विपद्हरूसँग सम्बन्धित जोखिम बुझाउन र सुरक्षित तथा उचित प्रतिक्रियाका उपायहरूको बारेमा अभ्यास  तथा अन्तरक्रियात्मक बिधीबाट सहजीकरण गरिएको अर्का प्रशिक्षक आशिष आचार्यले जानकारी दिनुभयो।


चौरजहारी नगरपालिका अन्तर्गत १८ वटा बिद्यालयमा अध्यापनरत शिक्षक शिक्षिकाहरुले तालिममा सहभागीता जनाएका थिए।


चौरजहारी नगरापालिकाको आयोजना र मानब बिकास तथा सामुदायिक सेवाको समन्वयमा तालिम सन्चालन गरिएको बिपद जोखिम न्यूनीकरण परियोजना समयोजक बिमल बि.क.ले जानकारी दिनुभयो।


तालिमको उद्घाटन तथा समापन चौरजहारी नगरपालिका प्रमुख पुष्प बादीले गर्नु भएको थियो।  

प्रतिक्रिया