बाँफिकोट - रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नं ४ मा रहेको आमाबुवा स्मृति प्रतिष्ठानले यसवर्ष छात्रवृद्धि वितरण गरेको छ । यस वर्ष प्रतिष्ठानले १ सय ३५ जना बालबालिकालाई छात्रवृत्ति वितरण गरेको बताइएको छ ।
बाँफिकोट गाउँपालिकामा रहेका ४४ विद्यालयबाट सिफारिस भएर आएका बालबालिकालाई छात्रवृत्ति वितरण गरिएको हो प्रतिस्ठानका अध्यक्ष चन्द्रबहादुर केसिले बताए ।
जेहेन्दार , बिपन्न , अपाङ्ग र सहिद परिबारका बालबालिकालाई छात्रवृद्धि बितरण गरिएको छ । बालबालिकाका लाई एक वर्ष पुग्ने गरी छात्रवृत्ति वितरण गरेको बताइएको छ। उनिहरुलाई पाँच हजार बराबरको सामाग्री बितरण गरिए हो । बाँफिकोट गाउँपालिका वडा नम्बर ३ डार्ने निवासी युबा नेता समाजसेवी चन्द्रबहादुर केसिको विशेष पहलमा सात बर्ष अगाडी प्रतिस्ठान स्थापना गरिएको थियोे ।
आमाबुवा स्मृति प्रतिष्ठानको छुट्टै कार्यालय रहेको छ । प्रतिष्ठानको कार्यालय गाउँपालिका वडा नम्बर ४ मा रहेको वीरेन्द्र माबी बिद्यालयमा रूपमा छ ।
प्रतिष्ठानको वार्षिक उत्सवको अवसरमा छात्रवृत्ति वितरण गरेको हो । प्रतिष्ठानका अध्यक्ष चन्द्रबहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व राष्ट्रिय सभा सदस्य ठगेन्द्र प्रकाश पुरीको प्रमुख अतिथि रहेको थियो । त्यस्तै गाउँपालिका उपाध्यक्ष तारा बुढा केसी , प्रमुख प्रशासकीय अधिकृत विकास बिग्रम शाह, वरिष्ठ लेखा अधिकृत तेजबहादुर डाङ्गी , शिक्षा शाखा प्रमुख चिरञ्जीवी रेग्मी लगायतको सहभागीता रहेको थियोे ।
६ लाख ६९ हजार पाँच सय ८७ रुपैयाँ बराबरको सामग्री वितरण गरिएको थियोे । आमाबुवा स्मृति प्रतिष्ठानको नाममा अहिले ४१ लाख रुपैयाँ मौजात रहेको बताइएको छ साथै एसइइमा ए प्लस परीक्षामा ए प्लस ल्याउने १० जना विद्यार्थीहरुलाई २ हजार रुपैयाँले वितरण गरेको प्रतिष्ठानका सदस्य सचिव हरिचन्द्रगिरीको भनाइ छ ।