बाँफिकोट - नेपाली कम्युनिष्ट पार्टी बाँफिकोटको एकता बैठक सम्पन्न भएको छ । एकता बैठकले ६५ जनाको गाउँ कमिटी निर्माण गरेको छ । एकता बैठकले दक्ष पुनलाई संयोजक र हिरा रेउलेपुरीलाई सहसंयोजक बनाएको छ ।
एकता बैठकलाई सम्बोधन गर्दै नेकपाका जिल्ला इन्चार्ज वसन्त शर्मा ( कुशल ) ले नेकपा एजेन्डासहितको प्रशिक्षण मन्तव्य राखेका थिए । कुशल कार्यकर्तालाई तल्लो स्तरबाट लाग्न अनुरोध गरे ।
एकता बैठकमा पार्टीका जिल्ला संयोजक सचिन रोकाले घरदैलो कसरी गर्ने , मतदातासँग कसरी बोल्ने , सामाजिक सञ्जाल परिचालन कसरी गर्ने बिषयमा प्रशिक्षण मन्तव्य राख्नुभएको थियो ।
एकता बैठकमा नेपाल कम्युनिस्ट पार्टीका प्रदेश सह संयोजक ठकेन्द्र प्रकाश पुरी , केन्द्रीय सदस्य कलबहादुर नाथ जिल्ला इन्चार्ज बसन्त शर्मा कुशल , संयोजक गोविन्द रोका ( सचिन ) प्रदेश कमिटी सदस्य चन्द्रबहादुर केसी , जिल्ला कमिटी सदस्य लगायतको बैठकमा सहभागिता रहेको थियो ।