रुकुम पुर्वकी पार्वतीले बाढी पिडितलाइ गरिन पचास हजार सहयोग:

coverkhabar.com

मुसिकोट - गत  भदौ १० गते रसुवा जिल्लामा आएको बाढीबाट प्रभावित तथा पीडित नागरिकका लागि रुकुमपूर्व सिस्ने गाउँपालिका–७ का पार्वती रावलले व्यक्तिगत रूपमा ५० हजार रुपैयाँ राहत सहयोग प्रदान गर्नुभएको छ । आज बिहिबार रावलले जिल्ला प्रशासन कार्यालय रुकुमपूर्वमा पुगेर प्रमुख जिल्ला अधिकारी कोपिला राईलाई उक्त रकम हस्तान्तरण गर्नुभयो । 


 रकम हस्तान्तरण कार्यक्रममा सिस्ने गाउँपालिकाका अध्यक्ष कृष्ण रेग्मी, सशस्त्र प्रहरीका डिएसपी नवीन बुढाथोकी र सिस्ने-६ का वडाध्यक्ष पूर्णबहादुर मल्लको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया