चौरजहारिमा पाचौं बृहत  चौरजहारी पर्यटन , व्यापार तथा साँस्कृतिक महोत्सव हुने

coverkhabar.com

रुकुम पश्चिमको चौरजहारिमा महोत्सव लाग्ने भएको छ । चौरजहारी प्राकृतिक तथा सांस्कृतिक विविधताले भरिपूर्ण जिल्ला सान   भएको र यहाँको मौलिक संस्कृति र सभ्यताले तराईदेखि हिमालसम्म जोडिएको बताइएको छ। यसको संरक्षण, विकास र प्रवर्द्धन गरी पर्यटन क्षेत्रको रूपमा विस्तार गरेर जिल्लालाई समृद्ध बनाउने विश्वास व्यक्त गरिएको छ।

सोही उद्देश्यले रुकुम पश्चिमको चौरजहारीमा निरन्तर महोत्सव आयोजना गर्दै आइएको र यसै क्रममा *२०८३ बैशाख १० गतेदेखि बैशाख २३ गतेसम्म पाँचौं बृहत् चौरजहारी पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव* आयोजना गरिने जानकारी दिइएको छ अध्यक्ष बिरेन्द्र बिकले बताए ।

महोत्सवका आकर्षणको रुपमा  राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहने छ , स्थानीय मौलिक नृत्यहरूको प्रस्तुति  रहने अध्यक्ष बिकको भनाई छ ।

रोटे पिङ, भेरी पुल, फोटो प्रदर्शनी हुने बताएको छ ।  महोत्सवमा  १५० भन्दा बढी व्यापारिक स्टलहरू रहने छन ।  स्थानीय उत्पादनलाई विशेष प्राथमिकता दिईने आयोजकले बताएको छ ।

प्रतिक्रिया