कुसारी पोलिक्लिनिक छिनखेतमा विशेषज्ञ सेवा सुरु

coverkhabar.com

मुसिकोट - बाँफिकोट गाउँपालिकाको प्रमुख व्यापारिक केन्द्र छिनखेतमा  बजारमा रहेको कुसारी पोक्लिनिकमा विशेषज्ञ सेवा सुरु गरिएको छ । आज बिरामीलाई निःशुल्क चेक जाँच गरी सेवा सुचारु गरिएको पोलि पोलिक्लिनिक प्रबन्ध निर्देशक डिलबहादुर कुसारीले बताए । 


बाँफिकोट ७ का बिरामी प्रेम खत्रीलाई मुटु चेक गरेर मेसिनको उद्घाटन गरिएको हो। कुसारी पोलिक्लिनिकमा मुटु जाँच गर्ने मेसिन आज बाट सुचारु गरिएको छ । 


बिरामीहरूको भीड बढेपछि उक्त मेसिन ल्याइएको प्रबन्ध निर्देशक कुसारीको भनाइ छ ।


कुसारी पोली क्लिनिक बाट २४ सै घण्टा आकस्मिक सेवा , २४सै घण्टा बेड भर्ना तथा अब्जरभेसन सेवा , २४ सै घण्टा इ.सी.जी. तथा एक्सरे सेवा , २४ सै घण्टा सामान्य शल्यक्रिया तथा ड्रेसिङ सेवा , २४ सै घण्टा नेबुलाइजर तथा अक्सिजन सेवा , दैनिक ओपिडी  सेवा, दैनिक ल्याब सेवा ,रगत जाँच ,दैनिक फार्मेसी सेवा,दैनिक परिवारनियोजन तथा परामर्श सेवा ,आवश्यकता अनुसार विशेष ओपिडी सेवा रहेका डाक्टर देबेन्द्र टमट्टाको भनाई छ । 

प्रतिक्रिया