स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय मुसिकोटले मछिन्द्र आधारभूत विद्यालयमा फिल्डर सहयोग

coverkhabar.com

 मुसिकोट -स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय, मुसिकोट, रुकुम पश्चिमले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यालयमा खानेपानी फिल्टर सामग्री वितरण  गरेको छ। 


बाफिकाेट १० पुरानाेठाटि मा रहेकाे श्री मछिन्द्र आधारभूत विद्यालयमा यो पानी फिल्टर विद्युतीय पानी शुद्धीकरण गर्ने फिल्टर वितरण गरेकाे बताएको छ । बाँफिकाेट गाउँ पालिका उपाध्यक्ष   तारा बुढा के.सिको प्रमुख आतिथ्यतामा बितरणा कार्यक्रम सम्पन्न भएको छ ।  


 स्वाबलम्बन लधुवित्त वितिय संस्था लिमिटेडकि  नम्बर २७ कि केन्द प्रमुख श्री रमिता चन्द मल्ल , स्वाबलम्बन लधुवित्त वितिय संस्था शाखा कार्यालय रुकुम पश्चिमका कार्यालय प्रमुख पदम  वि.क बिद्यालय  ब्यबस्थापन समिति अध्यक्ष पुर्ण बहादुर नेपाली , विद्यालयमा प्रध्यानध्यापक पृथ्वीनारायण  चन्दकाे उपस्थितमा कार्यक्रम सम्पन्न भएको बताएको छ । 


कार्यक्रमको  सञ्चालन संस्थाका लेखापाल गणेश गिरीले गर्नु भएकाे थियाे । विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई स्वच्छ तथा सुरक्षित खानेपानीको पहुँचमा सहयोग पुर्‍याउने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको हो। 


विद्यालयमा स्वच्छ खानेपानीको व्यवस्था विद्यार्थीहरूको स्वास्थ्य, सरसफाइ तथा नियमित पठनपाठनका लागि अत्यन्त महत्वपूर्ण हुने भएकाले संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत फिल्टर सामग्री सहयोग गरेको थियोे । 


कार्यक्रम मार्फत विद्यालयलाई आवश्यक पानी फिल्टर सामग्री हस्तान्तरण गरिएको थियो। स्वच्छ पानीको प्रयोगले विद्यार्थी तथा विद्यालय परिवारको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्नुका साथै पानीजन्य रोगको जोखिम न्यूनीकरण गर्न समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।


सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएको यस सहयोगले विद्यालयको भौतिक तथा स्वास्थ्यसम्बन्धी आवश्यकतामा केही हदसम्म सहयोग पुग्नुका साथै विद्यार्थीहरूमा स्वच्छ खानेपानी तथा सरसफाइको महत्वबारे सकारात्मक सन्देश प्रवाह गरेको छ। 


विद्यालय परिवारले संस्थाले गरेको सहयोगप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक तथा शैक्षिक क्षेत्रमा सहयोग निरन्तर रहने अपेक्षा व्यक्त गरेको छ।


स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि.ले वित्तीय सेवा प्रवाहसँगै समुदायको आवश्यकता र हितलाई ध्यानमा राख्दै विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। 


मुसिकोट शाखाबाट गरिएको विद्यालयमा फिल्टर सामग्री वितरण कार्यक्रम पनि संस्थाको समुदायप्रतिको सामाजिक जिम्मेवारी र सेवाभावको एउटा महत्वपूर्ण उदाहरण हो।


यस कार्यक्रमले विद्यार्थीहरूलाई स्वच्छ र सुरक्षित खानेपानीको प्रयोगमा सहयोग पुर्‍याउनुका साथै संस्था र स्थानीय समुदायबीचको सम्बन्धलाई अझ मजबुत बनाउन महत्वपूर्ण भूमिका खेलेको छ। आगामी दिनमा पनि स्थानीय समुदाय, विद्यालय तथा आवश्यकतामा रहेका वर्गको हितलाई केन्द्रमा राखी यस्ता उपयोगी तथा प्रभावकारी सामाजिक कार्यक्रमहरूलाई निरन्तरता दिने संस्थाको उद्देश्य रहेको छ।


प्रतिक्रिया