मुसिकोट - रुकुम पश्चिमका १२ दलका १२ उम्मेदवारहरु चुनाबी मैदानमा छन । उनिहरु अहिले गाउँमा मतदाता सङ्ग भोट माग्न ब्यस्थ छन । आफ्ना एजेण्डा सहित उनिहरु गाउँ पसेका छन । उम्मेदवारहरुले गाउँपालिका पार्टी सङ्ग समन्वय गरेर चुनाबी कार्यक्रम गरिरहेका छन ।
नेपाली काङ्ग्रेसका उम्मेदवार राजु केसिले बाँफिकोट गाउँपालिका वडा नम्बर १ लागिम देखि चुनाबि सभा गरेका छन भने नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार गोपाल शर्मा ( अनल ) ले मुसिकोट नगरपालिका र बाँफिकोट गाउँपालिकामा सकेर सानिभेरी गाउँपालिकामा प्रस्थान गरेका छन ।
नेकपा एमाले र प्रलोपका सयुक्त उम्मेदवार जमार्दन शर्मा चुनाबी घरदैलोको लागि चौरजहारी नगरपालिकाको कोटजहारिमा ब्यस्त छन । उम्मेदवारले आफ्नो भाबी योजना र एजेण्डा सहित भोट मागिरहेका छन ।
२०६४ साल यता तत्कालीन नेकपा माओवादी केन्द्रले चुनाब जितिरहेको छ । बजारमा यस पटक बिरासत तानलाई आन्तरिक रुपमा लागिरहेको छ । उम्मेदवार गाउँमा पसेको बेला स्थानियले विभिन्न योजनाको माग समेत गरेका छन । नेकपा उम्मेदवार जहाँ पुछ त्यहाँ स्थानियले बाजागाजाले स्वागत गरेको सामाजिक सन्जालमा देख्न सकिन्छ ।