बाँफिकोट - रुकुम पश्चिमको पुरानो बिद्यालय बिरेन्द्र माध्यामिक बिद्यालय बाफिकोट ४ मा बिद्यालय ब्यबस्थापन समिती सदस्य चयन गरिएको छ । शबिबार भएको अभिभावक मेलाबाट ४ जना सदस्य निरबिरोध निर्बाचित गरिएको बिद्यालयले जनाएको छ ।
जसको सदस्यहरुमा बसन्त के सि , डिल ब के सि , ललिता बि क र डिलसरा बिक चयन भएको बताएको छ । ४ जना सदस्यलाई अभिभावक भेलाबाट चयन गरिएको बिद्यालयका प्रअ हरिचन्द्र गिरिले जानकारी दिए ।
४ जना बिद्यालय ब्यबस्थापन समितिका सदस्यको पहिलो बैठकले २ जना सदस्य थपेर अध्यक्ष घोषणा गर्ने प्रधानाध्यापक गिरिको भनाई छ ।
२८ चैत २०८२, आईतबार ०६:१९ मा प्रकाशित