चौरजहारीमा दुई दिने करियर बिकास सम्बन्धी तालिम सम्पन्न

coverkhabar.com

चौरजहारी - रुकुम पश्चिमा वृत्ति विकासको अवधारणा, यसको महत्व र प्रभावकारी योजना निर्माणसम्बन्धी दुई दिने तालिम सम्पन्न भएको छ । मानव विकास तथा सामुदायिक सेवा “राइज अप” परियोजनाको आयोजनामा सञ्चालन भएको उक्त तालिममा अपांगता भएका व्यक्ति र परिवारका सदस्यहरुको सहभागीता रहेको थियो ।


उक्त तालिमको सहजीकरण चौरजहारी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रशाद ढकाल र जनस्वास्थ्य अधिकृत रामवहादुर सुनारले गर्नुभएको थियो । परियोजना अधिकृत सन्देश जैसीका अनुसार तालिममा कुल २० जनाको सहभागिता रहेको छ।

करियर विकाससम्बन्धी उक्त तालिमको समापन समारोहमा नेपाल पत्रकार महासंघ रुकुम पश्चिमका अध्यक्ष गोपाल प्रसाद रेग्मी, वित्तीय अधिकृत सुस्मिता बि.क, फिजियोथेरापिस्ट उर्मीला शर्मा लगायतको उपस्थिति रहेको थियो।


तालिमले सहभागीहरूलाई आफ्नो करियर लक्ष्य निर्धारण, योजना निर्माण तथा व्यावसायिक क्षमता अभिवृद्धिमा सहयोग पुग्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ। तालिम मालिका सिदार्थ होटेलको सभाहलमा संचालन गरिएको थियो ।


 

 तालिम समापन समारोहको मानव विकास तथा सामुदायिक सेवा अन्तर्गत राईजअप परियोजना अधिकृत शन्देश जैसीको अध्यक्षता र चौरजहारी नगरपालिकाका निमित्त प्रमूख प्रशासकिय अधिकृत शेरप्रसाद ढकालको प्रमूख आतिथ्यता रहेको थियो । तालिममा चौरजहारी नगरपालिका अन्तर्गत १४ वटै वडाबाट प्रतिनिधित्वहने गरी कक्षा  एस.एल.सि, स्नातक तहमा अध्ययन गर्दै गरेका र उतिर्ण गरेका विद्यार्थीहरुको सहभागिता रहेको आयोजकले वताएको छ ।

प्रतिक्रिया