गणतन्त्र दिवसको अवसरमा आमाबुवा स्मृति प्रतिष्ठानले विभिन्न कार्यक्रम गरी मनायो

coverkhabar.com

मुसिकोट - रुकुम पश्चिमको बाफिकोट गाउँपालिका वडा नम्बर ४ बिरेन्द्र माध्यमिक बिद्यालयको स्वामित्वमा रहेको  आमा बुवा स्मृति प्रतिष्ठानले गणतन्त्र दिवसको अवसरमा विभिन्न कार्यक्रम गरेको छ । 


  मानकोट गाउँपालिका ३ डार्ने  निवासी चन्द्रबहादुर केसीले स्वर्गीय  आमा मङ्गली खत्री र बुवा  जोखु खत्रीको सम्झनामा प्रतिष्ठान स्थापना गर्नुभएको थियो । 


प्रतिष्ठानले पाठ्यपुस्तक बाट माध्यमिक तह र आधारभूत तहबाट   हाजिर जबाफ प्रतियोगिता संचालन गरेको थियोे ।  मा बि तर्फ १० विद्यालय मध्ये नौ विद्यालय प्रतिस्पर्धा गरेका थिए। आधारभूततर्फ १६ विद्यालयमध्ये १४ विद्यालय प्रतिस्पर्धा गरेको प्रतिष्ठानका अध्यक्ष चन्द्रबहादुर केसीले बताए ।



मावि तर्फको हाजिर जवाफ प्रतियोगितामा वीरेन्द्र मावि बाफिकोट प्रथम भएको छ । जसले ८००० रुपैयाँ पुरस्कार हात पारेको छ। त्यस्तै दृतीय बालकल्याण मावि सिमतारु भएको छ। जसले छ हजार रुपैयाँ पुरस्कार हात पारेको बताइएको छ।


त्यस्तै तृतीय स्यार्पुताल मावि स्यार्पुदह  भएको छ भने जसले ४ हजार पुरस्कार हात पारेको प्रतिष्ठानका अध्यक्ष केसीको भनाइ छ। सान्त्वना हुनेमा भानुभक्त मावि गाराबाङ रहेको छ जसले २ हजार रुपैया  हात पारेको प्रतिष्ठानले जनाएको छ।



त्यस्तै आधारभूत तर्फ भने अनु आधारभूत विद्यालय स्याला प्रथम भएको छ। त्यस्तै वीरेन्द्र माध्यमिक विद्यालय बाँफिकोट  दोस्रो भएको छ भने स्यार्पुताल माध्यामिक  विद्यालय स्यार्पु दह तेस्रो भएको छ। जसले पुरस्कार पनि ८ हजार  ६ हजार  ४ हजार  क्रमश हात पारेको बताइएको छ। 


कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकास विक्रम शाह शिक्षा अधिकृत चिरञ्जीवी रेग्मी वरिष्ठ लेखा अधिकृत तेजबहादुर डाँगी लगायतको सहभागिता रहेको बताइएको छ।

प्रतिक्रिया