सानीभेरी गाउँपालिका वडा नम्बर दशमा नेपाली कम्युनिस्ट पार्टीले जनभेटघाट कार्यक्रम

coverkhabar.com

‎सानिभेरी - रुकुम पश्चिम सानीभेरी गाउँपालिका वडा नं .१० मा नेपाली कम्युनिस्ट पार्टीले जनभेटघाट कार्यक्रम गरेकाे छ ।

‎पार्टीकाे एकता पछि जनताहरुसँग एकता सन्देश दिन र संगठन क्रियाशिलता बढाई आगामी फागुन २१ गतेकाे निर्वाचन सफल बनाउन जनभेटघाट कार्यक्रम गरिएको नेकपाका प्रदेश कमिटी सदस्य रामबहादुर विष्टले जानकारी दिनुभएको छ ।

‎

‎ वडावासीकाे झण्डै १५० जनाकाे सहभागीतामा जनभेटघाट तथा एकता सन्देश कार्यक्रम गरिएकाे हाे ।

‎रुकुम पश्चिमका नेता जनार्दन शर्मा पार्टीबाट अलग भए पछि त्यसकाे जिम्मेवारी आफ्नाे पार्टीलाई आएकाे प्रदेश कमिटी सदस्य भुपालसिं ओलीले जनताहरुलाई प्रस्ट पार्नुभएकाे छ ।हाम्राे पार्टीले उहाँलाई यहाँसम्म पुर्‍याउने काम गर्याे एक्लै सम्भव थिएन अहिले छुट्टिएर जाँदा त्यसकाे भारी अबकाे प्रतिनिधि सभा सदस्य उम्मेदवार गाेपाल शर्मा अनल र सिङ्गो पार्टीले लिने समेत बक्ताहरुकाे भनाइ रहेकाे थियाे ।

‎

प्रतिक्रिया