बाँफिकोट - पश्चिमको बाफिकोट गाउँपालिका वडा नम्बर ४ छिनखेतको सडकमा जेब्राक्रसिङ निर्माण गरिएको छ । अस्थाई प्रहरी पोस्ट छिनखेत र अस्थाई ट्राफिक पोस्ट छिनखेतले सडकमा जेव्राक्रसीङ निर्माण गरिएको हो ।
दुर्घटनालाई न्यूनीकरण गर्ने उदेश्यले निर्माण गरिएको ट्राफिक प्रहरी हेम बस्नेतले बताए । बस्नेतका अनुसारलाई स्थानिय र टाढा - टाढाबाट आएका मानिसलाई सडकबाट दायाँ र बायाँ गर्नको निम्ति सहज हुने बताएको छ ।
जेब्राक्रसीङमा निर्माणमा प्रहरी र स्थानिय ब्यापारीको पनि सहभागिता रहेको थियोे । अब आवातजावतमा स्थानीय बिशेश गरि बालबालिका र अपांगलाई सहज हुने बिश्वास लिएको छ ।
१४ चैत २०८२, आईतबार ०५:५९ मा प्रकाशित