नेकपाले चौरजहारीमा अन्तगत विभिन्न वडामा चुनावी अभियान कार्यक्रम सम्पन्न केही वडामा जारि

coverkhabar.com

चौरजहारी - नेपाली कम्युनिष्ट पार्टी रुकुम पश्चिमले शुक्रवारदेखि चौरजहारीमा चुनावी अभियान कार्यक्रम सुरुगरेको छ । मुसिकोट नगरपालिकावाट सुरुगरेको अभियान आजदेखि चौरजहारी नगरपालिका अन्तर्गतका वडा टोल तथा घरदैलोमा  अभियान सुरुगरेको हो ।


चुनावी अभियानको पहिलोदिन नेकपाले वडा नम्वर १ को वडाकार्यालय नजिकैरहेको चौर, वडा नम्वर २ को शंखपिपल, र वडा नम्वर ३ को स्यालखोलामा चुनावी अभियन कार्यक्रम सम्पन्न गरेको छ । वडा नम्बर ४ , ५ , ८ का विभिन्न स्थानमा कार्यक्रम सम्पन्न भएको छ । त्यस्तै वडा नम्बर ८ को बसिगाउँ वडा नम्बर ९ को सहिदपार्कमा कार्यक्रम सम्पन्न भएको छ । अन्य वडामा जारी रहेको बताएको छ ।


चुनावी अभियान कार्यक्रमलाई प्रतिनिधि सभासदस्य निर्वाचनका उमेदवार गोपाल शर्मा (अनल) जिल्ला संयोजक गोविन्द रोका (सचिन) र जिल्ला ईन्चार्ज बशन्त शर्मा (कुशल) लगाएतका नेताहरुले संवोधन गरेका थिए  ।


चुनावी सभालाई संवोधन गर्दै उमेदवार गोपाल शर्मा ( अनल) ले आफुलाई जिल्ला पार्टीले एकल  उमेदवारमा सिफारिस गरेको प्रसंग उल्लेखगर्दै मतदाताहरुले तारा चिन्हमा मतदानगरी विजयगराउन आग्रह गर्नुभयो ।


समग्र रुकुम पश्चिमका पालिकाहरुको सडक, पुर्वाधार, कृषि उत्पादन रोजगारी, खानेपानी, शिक्षा, स्वास्थ्य, सिचाई लगाएतका क्षेत्रमा आवाश्यकताको आधारमा आफुले जनभावना अनुसार कामगर्ने कार्यमा प्रतिवद्ध रहेको बताए ।


उनले सल्लीचौरजहारी, सडक कालोपत्रेको कार्यआफु कर्णाली प्रदेशको आर्थिक मामिला मन्त्री हुदा डिपिआर गरेर कार्यथालनी भएको स्मरण गर्दै चौरजहारीमा सिचाईको लागि भेरी  नदीबाट लिफटीगं मार्फत खेतीयोग्य जमिनमा सिचाई सुविधा पुरयाउने लक्ष्य राखिएको  बताए । 


उमेदवार शर्माले तारा चुनाव चिन्हमा मतदानगरी भारीमत अन्तरका साथ विजय गराउने कुरामा आफु विश्वस्त रहेको भन्दै अन्य फरक विचार राख्ने नेकपा एमाले, नेपाली कंग्रेस लगाएतका नेताकार्यकर्ता, एवम सुवेक्षुक मतदाताहरुले नेपाली कम्युष्टि पार्टीमा  मतदान गर्न अनुरोध गरे ।



यसअघि चौरजहारी नगरपालिकामा  प्रगतिशिल लोकतान्त्रिक पार्टी, नेकपा माओवादी (विप्लव) निक पार्टीले चुनावी अभियान कार्यक्रम सम्पन्न गरेका छन ।

प्रतिक्रिया