बाँफिकोट - रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकमा रहेको सहिद परिबार समाज नेपालले गाउँपालिकामा रहेका ८५ जना सहिदका आफन्तलाई सम्मान गरेको हो । १० बर्से शसत्र जनयुद्धबाट राज्य र बिद्रोह पक्षबाट मृत्यु भएका परिबारका सदस्यलाई सहिद घोसणा गरेको थिए ।
प्रतेक बर्ष सहिदको सम्झना स्वरुप सहिदलाई सम्मान गरिदै आएको छ । यस बर्ष पनि सहिदलाई सम्मान गरिएको छ । सहिदका आफन्त वा सहिदका सदस्यलाई कासको थाली दिएर सम्मान गरिएको हो ।
आफ्ना सन्तानलाई सम्झिदा आखाबाट आँसु आउने गरेको बाफिकोट गाउँपालिकाकि पुर्ब उपाध्यक्ष मनकला पुनले बताईन । उनको श्रीमान २०६९ सालमा रोल्पाको रिपिटर टावर हान्न्ने क्रममा राज्यको पक्षबाट मारिएका थिए । सहिदलाई सम्मान मात्र होईन अन्य सुबिधा बाट बन्चित भएको पुनको दाबी छ । उनि एउटा पात्र मात्र हुन । पुन जस्तै गाउँपालिकामा ८५ जना सहिदको आवाज एउटै छ ।
बाँफिकोट गाउँपालिकाले बजेट ब्यबस्थापन गरिदिएको थियोे । सहिदलाई यसरी सम्झिदा १ दिन भए पनि सन्तान याद आउने सहिद परिबार समाज बाँफिकोटका अध्यक्ष धन बहादुरले बताए । साबिकको पिपल गाबिस हालको बाँफिकोट गाउँपालिका वडा नम्बर २ मा सहिदका आफन्त र स्थानीय मिलेर १ दिन सहिदलाई सम्झने गर्छन ।
प्रतेक वडाका सहिद परिबारका आफन्त सहभागी रहेका थिए । सम्मान कार्यक्रममा विभिन्न नृत्य प्रस्तुत गरिएको थियोे ।
सहिद परिबार समाज बाफिकोटका अध्यक्ष धन बहादुर खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपाका रुकुम पश्चिमका उम्मेदवार गोपाल शर्मा (अनल ) को प्रमुख आतिथ्यता रहेको थियोे । कार्यक्रममा बोल्दै शर्माले सहिदको निम्ति धेरै काम भएको बताए । सहिदको सम्झनामा पार्क निर्माण , भबन निर्माण, सहिद तस्बिर शिलापत्रमा लेख्ने काम भएको बताए । साथै आफू नेकपाको उम्मेदवार भएको र बिजय बनाउन उहाँले सबैलाई भोट समेत मागेका थिए ।