साँझा मुराल हस्पिटल प्रालीमा पौष २५ गत्ते स्वास्थ शिबिर हुने

coverkhabar.com

रुकुम पश्चिमको मुसिकोट खलंगामा रहेको  साझा मुराल हस्पिटल प्रालीमा स्वास्थ शिबिर हुने भएको छ ।  पौष २५ गत्तेका दिन स्वास्थ शिबिर हुने साझा मुराल हस्पिटल प्रालिका प्रबन्ध निर्देशक दिपक पुनले बताउनु भयो ।

  प्रदेश अस्पताल सुर्खेतमा कार्यरत हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर सुशील पोख्रेल स्वास्थ शिबिरको लागि रुकुम पश्चिम आउदै हुनुहुन्छ ।

हातखुटटा भाचिएको, नसा च्यापिएको, हातखुटटा दुख्ने, बाथरोग, युरिक एसिड लगाएत हाड जोर्नी तथा नसा रोग सम्बन्धी समस्याको सफल उपचार गरिने निर्देशक पुनले जानकारी दिनुभयो । फोन दर्ता फोन बाट पनि गर्न सकिने निर्देशक पुनले बताउनुभयो । साझा मुराल हस्पिटल प्रालिकाले  सातै दिन चौबिसै घन्टा फार्मेसी सेवा  प्रत्येक दिन एम बिबि एस डाक्टरद्वारा ओपिडी सेवा सातै दिन चौबिसै घन्टा इमर्जेन्सी सेवा  आइपिडि सेवा  डिजिटल एक्सरे सेवा इसिजी सेवा  फो डि रङ्गिन भिडियो एक्सरे सेवा हप्ता सम्मको सुरक्षित गर्भपतन सेवा बिरामी भर्ना र उपचार सेवा  भाँचिएको भागको प्लाष्टर सेवा दिरहेको डाक्टर पुनको भनाइ छ ।

अत्याधुनिक मेसिनद्वारा कलेजो, सुगर, मृगौला, कोलेस्टोल, खकार, दिसापिसाब, र विर्यको ल्याब परिक्षण सेवा   कि.लि.या मेसिनद्वारा थाइराइड, भिटामिन, हर्माेन, इत्यादिहरुको ल्याब परिक्षण सेवा थर्मल थेरापीद्वारा हात, खुट्टा, घाँटी, ढाड दुख्ने समस्याको थेरापी सेवा र मानसिक परामर्श सेवा माइनर अप्रेसन नेबुलाइजेसन र अक्सिजन सेवा गर्भवती जाँच सेवा इन्फ्लुन्जा ए.आर.भि टिटि भ्याक्सिन सेवा निसन्तान तथा बाँझोपनको उपचार तथा परामर्श सेवा प्रत्येक महिनाको अन्तिम शुक्रबार विशेषज्ञ डाक्टर द्वारा स्त्री तथा महिला रोग सम्बन्धि हाड्जोर्नी तथा नशारोग सम्बन्धिका साथै अन्य मुटु कलेजो मृगौला तथा पित्तथैली सम्बन्धि विषेशज्ञ सेवा प्रदान गरिरहेको बताएको छ ।

प्रतिक्रिया