मुसिकोट -रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १३ छिवाङ चौतारा स्थित सानीभेरी नदी किनारामा सपना ओलिको शब फेला परेको छ ।आईतवार दिउँसो नदीमा डुवेको अवस्थामा महिलाको शव फेला परेको हो । स्थानीयले नदीमा महिलाको शव देखिपछि प्रहरीलाई खवर गरेर गरेका थिए । खवर पाए लगतै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली घटनास्थल पुगेको र शवको पहिचान भैसकेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी हरिप्रसाद पुनले बताए ।
पुनका अनुसार प्रहरीले शवको बारेमा स्थानीयसँग सोधिखोजी गरेको थियोे । गत फागुन २५ गते सानीभेरी नदिमा बेपत्ता बाँफिकोट गाउँपालिका ३ भाग्लेकी १३ वर्षिया सपना ओलीको रहेको छ । स्थानीयले सपनाको शव हुन सक्ने आशंका गरेको र घरका अभिभावकबाट शवको पहिचान भएको जिल्ला प्रहरी कार्यालयय रुकुम पश्चिमले जनाएको छ ।
७ चैत २०८२, आईतबार ०६:५८ मा प्रकाशित