ईतिहास परियार
मुसिकोट - रुकुम पश्चिमकाे आठविसकाेट नगरपालिका एक दुई र तिन वडाहरुमा जनता भेटघाटमा नेपाली कम्युनिष्ट पार्टीका रुकुम पश्चिमका उम्मेदवार गोपाल शर्मा स्यालाखदीमा जनता जनभेटघाटमा व्यस्त हुनुहुन्छ ।
आठविसकाेट नगरपालिका वडा नम्बर एक खेतमा भएकाे उक्त कार्यक्रममा नेकपा एमालेका स्थानीय नेता पैले घर्ती र कर्णबहादुर बुढा ,धनबहादुर बुढा, र कमला बुढा बाेहराले नेकपा एमाले परीत्याग गरि नेपाली कम्युनिस्ट पाटीमा प्रवेश गर्नु भएकाे छ । २०४७ साल देखि उहाँहरु एमालेकाे स्थानीयको रुपमा परिचीत हुनुहुन्थ्यो । साविकको स्यालाखदीमा एमाले अहिले सम्म जाेगाई राखेकाे र जहिले पनि एमाले ले कहिले पनि राम्राे नगरेकाे उहाँहरुले बताउनु भएको छ ।
उहाँले अब नेपाली कम्युनिस्ट पाटीमा कठिवद्व भै लाग्ने र चुनावी प्रचार प्रसार गर्ने,तारा चिन्हमा भाेट हालेर जसरी भएपनी उमेद्वार गाेपाल शर्मा अनललाई जिताउनु पर्छ भन्ने मन्तव्य राख्नु भएकाे थियाे।
कार्यक्रममा बाेल्दै पैले मान घर्ती अब नेकपा एमाले पछी लागेका जनार्दन शर्मा काे आँखा कुनैपनी हालतमा खुल्ने छैन भन्नुभएको छ ।