नेकपाका उम्मेदवार गोपाल शर्मा ( अनल ) सहित टोलिको त्रिबेणिमा घरदैलो कार्यक्रम सुरु

coverkhabar.com

मुसिकोट - नेकपा रुकुम पश्चिमले प्रतिनिधिसभा सदस्यका उम्मेदवार गोपाल शर्माले चौरजहारी नगरपालिकामा घरदैलो कार्यक्रम सकेर बाट त्रिबेणि गाउँपालिकामा अभियान सुरु गरेको छन ।

यसअघि मुसिकोट , बाँफिकोट र सानीभेरीका विभिन्न वडामा घरदैलो अभियान सम्पन्न गरिसकेको नेकपाले त्रिबेणि गाउँपालिकाका विभिन्न क्षेत्रमा अभियान अघि बढाएको हो। उम्मेदवार शर्मा सँगै नेकपा नेता तथा पुर्ब कर्णाली प्रदेशकि मन्त्री बिमला केसि लगायतका –कार्यकर्ता अभियानमा सहभागी छन ।

बिहिवार त्रिबेणि गाउँपालिकाको वडा नम्वर २ को बिमैचामा घरदैलो तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको नेकपाका जिल्ला सयोजक सचिन रोकाले बताए । उनका अनुसार यस अघि नगर गाउँ पालिका वा नगरकार्यसमितिले विभिन्न वडाहरुमा पहिलो चरणको घरदैलो कार्यक्रम सञ्चालन गरेको थियो 

प्रतिक्रिया