रुकुम पश्चिममा नेकपाको र्याली

coverkhabar.com

मुसिकोट - पश्चिममा नेपाली कम्युनिस्ट पार्टीको बिजय र्याली सम्पन्न भएको छ । २४ गत्ते बिहान ११ बजे पार्टी कार्यलय सेरिगाउँबाट सुरु भएको र्याली बागबजार , त्रिबेणि चोक , सहिद मैदान , जिल्ला प्रहरी कार्यलय , जिल्ला प्रशासन हुँदै बालमन्दिरमा पुगेर कोण सभामा परिणत भएको नेकपा रुकुम पश्चिमले जनाएको छ । 


कोण सभालाई संबोधन गर्दै नेकपाका जिल्ला ईन्चार्ज वसन्त शर्मा ( कुसल ) ले सबै मतदातालाई धन्यवाद दिनु भएको थियोे । बिकास निर्माण नेकपाको हातमा रहेको बताउदै अब रुकुम पश्चिमका  जनता सङ्ग छलफल गरेर  बिकास निर्माणको डाटा तयार पारिने शर्माको भनाई थियोे ।


त्यस्तै नेकपा केन्द्रिय सदस्य तथा रुकुम पश्चिमका निर्बाचित प्रतिनिधि सभाका सदस्य गोपाल शर्मा ( अनल ) ले आफुलाई रुकुम पश्चिमका जनताले भारी मतले बिजय गराएको र आफू जनताको नोकर भएर काम गर्ने बताए । आफुलाई अरुले हराउन खोजीएको र जनताले बिजय बनाएको बताए । कोण सभालाई नेता देबि ओलिले पनि संबोधन गरेकी थिइन । कोण सभाको संचालन नेकपाको जिल्ला सयोजक गोबिन्द रोका ( सचिन ) ले गरेका थिए ।

प्रतिक्रिया