जनार्दन शर्माको बहिर्गमन कुनै राजनीतिक निकासको मार्ग होइन - धनबिर ओलि

coverkhabar.com

 त शुद्ध अवसरवादको पराकाष्ठा र कार्यकर्ताको भावनामाथि गरिएको क्रुर खेलवाड हो। हिजो अप्ठ्यारो पर्दा पार्टीलाई ओत दिने र कार्यकर्ताको अभिभावक बन्ने कसम खाने व्यक्तिले आज आफ्नै स्वार्थको रोटी सेक्न घरमा आगो लगाएर हिँड्नुले उनको सक्कली चरित्र उदाङ्गो पारेको छ।

पार्टीभित्र हुँदा सबैभन्दा बढी लाभ लिने, पद र प्रतिष्ठाको तर मार्ने अनि जब त्याग गर्ने बेला आयो, तब "विधि र पद्धति" को जलप लगाएर भाग्ने? यो वैचारिक पलायन मात्र होइन, यो त राजनीतिक बेइमानी हो।

हामीले उनलाई नेता मानेर दिनरात नभनी गाउँ–बस्तीमा पसिना बगाएका थियौँ। आज हामीलाई धोका दिएर हाम्रो भविष्यमाथि खेलबाड गरेर उनले जुन बाटो रोजेका छन्, त्यसले उनलाई कहिल्यै उचाइमा पुर्‍याउने छैन। कार्यकर्ताको भावनासँग साटिएको त्यो 'नयाँ बाटो' अन्ततः राजनीतिक चिहानमा परिणत हुने निश्चित छ ।

इतिहासमा कयौँ नेताहरू आए र गए, तर जसले संकटको बेला घर छोडेर भाग्छ, उसलाई इतिहासले 'गद्दार' को पदवी दिन्छ। जनार्दन सर तपाईंले छोडेको पार्टी मात्र होइन, तपाईंले त ती हजारौँ इमानदार कार्यकर्ता ,सहिद परिवार ,घाईते,ब्यपत्ता, परिवार ,लाखौं जनता हरुको भरोसाको हत्या गर्नुभएको छ।

पार्टी कुनै एउटा व्यक्तिको सनकले चल्ने होइन। एउटा पात झर्दैमा रुख ढल्दैन। धोका दिनेहरूको आयु छोटो हुन्छ। हामी हाम्रा तमाम समस्या हारुलाई शक्तिमा बदल्नेछौँ र प्रमाणित गर्नेछौँ कि— "विचार कहिल्यै मर्दैन, तर अवसरवादीहरू राजनीतिक रूपमा सधैँका लागि मर्छन ।

धिक्कार छ त्यो प्रवृत्तिलाई, जसले आफूलाई बनाउने जग नै भत्काउने कुचेष्टा गर्छ ।

प्रतिक्रिया