नेकपा ७३ वटामा पुग्दै , अन्य पार्टीको पनि कार्यक्रम जारी

coverkhabar.com

मुसिकोट - नेपाली कम्निष्ट पार्टी रुकुम पश्चिमका ७३ वडा पुग्नेगरी गाउँ पसेको छ । मुसिकोट नगरपालिकमा सबै वडामा चुनाबी कार्यक्रम गरेर नेकपा यतिबेला बाँफिकोट गाउँपालिकामा प्रबेश गरेको छ । नेकपाका उम्मेदवार गोपाल शर्मा ( अनल ) बाँफिकोटका कार्यकर्ता सङ्ग भेटघाटमा ब्यस्थ रहेका छन । अनल सहितको टोलिमा नेकपाका नेताहरु बिमला केसि , ठकेन्द्र पुरी , वसन्त शर्मा , गोबिन्द रोका ( सचिन ) सहितको टोलि गाउँमा जनता सङ्ग आफ्ना एजेन्डा राखेका छन ।

एजेण्डा जनता सामु राख्न र जनताको समस्याहरु बुझ्न गाउँ पसेको नेकपाका उम्मेदवार गोपाल शर्मा ( अनल ) ले बताए । नेकपा अहिले अन्य पार्टी भन्दा बलियो रहेको छ ।

नेपाली काङ्ग्रेसका उम्मेदवार राजु केसि सहित काङ्ग्रेसका नेता र कार्यकर्ता ६ वटा स्थानीय तहमा पुगेर जिल्ला समितिको बैठक सम्पन्न गरेका छन । काङ्ग्रेस पनि केही दिनमा वडा जान लागेको बताएको छ ।

प्रलोपाका उम्मेदवार जनार्दन शर्मा ( प्रभाकर ) सबै स्थानीय तहमा पुगेर जिल्ला फर्किसकेका छन । उनिहरु पनि टोल र वडामा पुग्ने लक्ष रहेको छ । प्रलोपाले रुकुम पश्चिममा नेकपा एमाले सङ्ग चुनाबी सहकार्य  गरेको छ । बिहिबार देखि उनिहरुले चौरजहारिबाट संयुक्त रुपमा चुनाबी सभा गरिरहेका छन । प्रलोप्क र एमालेको संयुक्त चुनाबी कमान्डर एमालेका जिल्ला अध्यक्ष नन्दराम देबकोटा छन ।

प्रतिक्रिया