मुसिकोट - पश्चिममा विभिन्न कार्यक्रम गरि १५ औं गणतन्त्र दिवस मनाईयो छ । बिहान ८ बजे कालिका थानबाट प्रभात फेरि निकालेर त्रिबेणि चोक , सहिद मैदान जिप्रका लाईन , जिल्ला प्रशासन हुँदै पुन : बालमन्दिरमा पुगेर कोण सभामा परिणत भएको थियोे ।
मुसिकोट नगरपालिकाका उपप्रमुख बिमल कुमार पुन मगरको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति रुकुम पश्चिम प्रमुख लुम्बिनी गौतम केसि , त्रिबेणि गाउँपालिका अध्यक्ष गनेश केसि प्रमुख जिल्ला अधिकारी निशराज गौतम , जिल्ला प्रहरी कार्यलयका प्रहरी प्रमुख बेद बहादुर पौडेल , सशस्त्र प्रहरी प्रमुख जगदीश चन्द्र हमाल , अनुसन्धान अधिकृत नेप बहादुर राना, नेपाल पत्रकार महासङ्ग रुकुम पश्चिमका अध्यक्ष गोपाल प्रसाद रेग्मी लगायतको सहभागिता रहेको थियोे ।
कार्यक्रममा बोल्ने अधिकांस बक्ताहरुले नेकपा माओवादीले १० बर्ष जनयुद्ध र सात राजनीतिक दलले काठमाडौंमा शान्तिपुर्ण आम्दोलन भएको कारण देशमा गणतन्त्र आएको दाबी गरे । गणतन्त्र ल्याउनलाई सहिदको रगत बगेको नेकपा जिल्ला संयोजक गोबिन्द रोकाको भनाई छ ।
गणतन्त्र ल्याउनलाई तत्कालीन नेकपा माओवादिको योजना रहेको बताएको छ । साहेद माओवादीले जनयुद्ध नगरेको भए देशमा राजतन्त्र नजाने योजना रहेको बक्ताहरुको भनाइ छ ।