रुकुम पशिमको बाँफिकोट गाउपालिका वडा नम्बर ७ र ८ मा एकिकृत स्वास्थ्य घुम्ती शिबिर हुने भएको छ | शिबिर वडा कार्यालयमा संचालन हुने गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिकाश बिग्रम शाहले बताए |
अधिकृत शाहका अनुसार एक एक दिन २ वटा वडामा शिबिर आयोजना गरिएको छ | शिबिर आउँन गाउपालिकाले वडा सबैलाई आग्रह गरेको बताएको छ | शिबिर बिहान ९ बजे देखि साझ ५ बजे सम्म संचालन हुने गाउपालिकाको भनाई छ |
शिविरमा फिस्टुला , आङ खस्ने समस्या ,पाठेघरको मुखको क्यान्सर ,तल्लो पेट दुख्ने , सेतो पानि बग्ने , र नसर्ने रोगहरु मधुमेह , उच्च रक्तछाप , मिर्गौला सबन्धि रोगको छेक जाच र उपचार शिविरमा गरिने भएको छ |
३ जेठ २०८३, सोमबार ११:०६ मा प्रकाशित