मुसिकोट - नेपाली कम्युनिस्ट पार्टी(नेकपा) का संयोजक तथा रुकुम पुर्वबाट फागुन २१ गने हुने प्रतिनिधि सभा सदस्यका उम्मेदवार पुष्पकमल दाहाल प्रचण्डले रुकुम पुर्व र पश्चिममा दुवै जनाले विजयको रेकर्ड बनानुपर्ने बताउनुभएको छ । आफ्नो चुनावी क्षेत्र रकुम पूर्वको भेटघाट कार्यक्रमलाई सक्काएर रुकुम पश्चिम पुग्नुभएका उनले मुसिकोट नगरपालिका १ छिङका मतदातालाई सम्बोधन गर्दै सहिदको सपना पुरा गर्न ऐतिहासिक विजय रेकर्ड बनाउनुपर्ने बताए । ‘‘विजयको ऐतिहासिक रेर्कड बनाएर देशभर सन्देश दिनुपर्छ सहिदका सपना मर्नेछैनन्, जनताका विकासको आकाक्षा मर्ने छैनन् नेकपा नेतृत्व गर्नेबाट विचलित हुने छैन् भन्ने प्रमाण निर्वाचनबाट दिनुपर्ने प्रचण्डको भनाई थियोे ।’’
रुकुम, रोल्पा, सल्यान, जाजरकोट पार्टीको आधार इलाका भएकाले निर्वाचन जित्न अप्ठेरो नहुने र जनताले साथ दिने उनको भनाई थियो । ‘‘हिजो जनयुद्धको कालमा पनि शान्ति प्रकृयामा पनि हाम्रो बचस्व रहँदै आएको छ । पटक पटक किल्ला तोड्नका लागि जालझेल सड्यन्त्र हुँदै आएका छन्, पार्टीमा विभाजन ल्याउने, जनतामा विभाजन ल्याउने सड्यन्त्र विफल हुने छन् प्रचण्डले भने ।´´
सहिद तथा बेपत्ता परिबारका सदस्य, आम रुकुमेली जनता पार्टी प्रति एकढिक्का भएको र पटक पटक ठुलै सड्यन्त्र गर्न खोजिएपनि रुकुमका जनताले त्यसलाई परास्त गरेको उनले बताए ।