स्यार्पु बहुमुखी क्याम्पस बाँफिकोटको क्याम्पस सभा

coverkhabar.com

बाँफिकोट -रुकुम पश्चिमको बाफिकोट गाउँपालिकाको वडा नम्बर ४ शिवालयमा रहेको स्यार्पु बहुमुखी क्याम्पसको पाचौं क्याम्पस सभा सम्पन्न भएको छ । क्याम्पसको सभाहलमा गाउँपालिका अध्यक्ष जनककुमार बाँठा मगरले ब्यानर पढेर क्याम्पस सभाको उत्घाटन गरेका हुन ।

क्याम्पसमा सभामा क्याम्पस प्रमुख तिलकराम पुनले प्रतिबेदन प्रस्तुत गरेका थिए । प्रतिबेदनमा भनीएको छ विभिन्न बैंकमा २० लाख ९१ हजार ७ सय ९८ रुपैया मौज्दात रहेको छ भने २३ लाख ५२ हजार ९ सय ३९ रुपैयाँ क्याम्पसको विभिन्न शिर्षकमा खर्च भएको क्याम्पस प्रमुख तिलकराम पुनले प्रस्तुत गरेको प्रतिबेदनमा उल्लेख गरिएको छ ।

क्याम्पसमा क्याम्पस प्रमुख तिलकराम पुन सहित १५ जना उपप्रध्यापक , कास र लेखापाल रहेका छन । २०६७ सालमा स्थापना भएको क्याम्पसले चार बर्ष बि एड र दुई बर्ष डिग्री कोर्स सन्चालनमा छन ।

स्थानिय स्थरमै उच्च शिक्षाको पहुँच हुनु , कम शुल्कमा गुणस्तर शिक्षा प्राप्त भएको , प्रशासकीय चुस्तता र उत्तरदायित्व प्रती सहज भएको सभामा सहभागी राजनीतिकक दलको भनाई थियोे ।

क्याम्पस सन्चालक समितिका अध्यक्ष धर्मबहादुर केसिको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष जनककुमार बाठा मगरको प्रमुख आतिथ्यता रहेको थियोे । कार्यक्रममा सबै राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि लगायत वडा अध्यक्षहरु आतिथ्यता रहेको थियोे , सन्चालक समिति उपाध्यक्ष हर्कसिह खत्रीको स्वागत मन्तव्य रहेको कार्यक्रम सन्चालक उपप्राध्यापक नबराज खनालले गरेका थियोे ।

प्रतिक्रिया