खारखोलाका देबबहादुरले आफ्नै लगानिमा माछा पोखरी निर्माण

coverkhabar.com

बाँफिकोट -रुकुम पश्चिम बाफिकोट गाउँपालिका वडा नम्बर पाँच खारखोलाका देबबहादुर केसीले आफ्नै लगानीमा माछापोखरी निर्माण गरेका छन। उनको स्यार्पुताल देखि नजिक खारखोला गाउँमा माछा पोखरी निर्माण गरेको उनले बताए । 


आठ हजार माछाका भुरा नेपालगन्ज ब्यक्तिगत लगानी ३० हजार व्यक्तिगत लगानीमा माछा ल्याइ पोखरीमा हालेका छन । गाउँमा केही गर्नुपर्छ भन्ने उद्देश्यले उनले सानो आफ्नो रोजगारी निम्त्याएका हुन । अरु युवाहरू पैसा कमाउनलाई विदेशतिर जान देखेर उनले आफ्नै गाउँमा केही गर्नुपर्छ भन्ने उद्देश्यले आफ्नै गाउँ खारखोलामा माछापोखरी निर्माण गरेका हुन । 


माछा पोखरी निर्माण गर्दा १५ लाख रुपैया खर्च भएको उनले जानकारी दिएका छन । अबको १ बर्ष पछि माछा बेच्ने तयारिमा रहेको उनको भनाई छ । अहिले देवबहादुर र उनकी श्रीमती दिनभरि रातभरि नभनिकन माछापोखरी हेर्ने गर्छन ।

प्रतिक्रिया