प्रचण्ड दिल्ली जानुहुँदै, सोमबार नेपाली समाज भारतकाे एकता सन्देश सभालाई सम्बाेधन गर्नुहुने

coverkhabar.com


 रुकुम - नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’  भारतको राजधानी नयाँदिल्ली प्रस्थान गर्दै हुनुहुन्छ । जेनजी आन्दोलनपछिको राजनीतिक एकताबाट एकीकृत समाजवादीसहितका दलहरू समेटेर नेपाली कम्युनिस्ट पार्टी गठन भएपछि प्रचण्डको यो पहिलो दिल्ली यात्रामा लाग्नु भएकाे हाे । 
तत्कालीन माओवादी केन्द्र र तत्कालीन एकीकृत समाजवादीलगायत दलनिकट प्रवासी संगठनहरूको संयुक्त नेपाली समाज भारतकाे एक सन्देश सभा कार्यक्रमलाई सम्बोधन गर्न प्रचण्ड दिल्ली जान लाग्नुभएकाे जानकारी दिइएकाे छ । प्रचण्डका प्रमुख स्वकीय सचिव गोविन्द आचार्यका अनुसार उक्त कार्यक्रम एक महिनाअघि नै तय भएको थियो ।
 भाेलि साेमबार उक्त सन्देश सभा कार्यक्रमलाई प्रचण्डले सम्बाेधन गर्नुहुने छ । कार्यक्रमलाई सम्बोधन गरेपछि प्रचण्ड सोमबार नै स्वदेश फर्किनुहुने  कार्यक्रम रहेको पनि आचार्यकाे भनाइ छ । ‘आज साँझ दिल्ली पुगेर भोलि साँझ फर्किने तालिका छ,’ उहाँले भन्नुभयाे । 
दिल्ली बसाइका क्रममा सन्देश सभाबाहेक अन्य कुनै औपचारिक राजनीतिक भेटघाटको कार्यक्रम नरहेको प्रचण्डको सचिवालयले स्पष्ट पारेको छ ।

प्रतिक्रिया