बाँफिकोटमा सात दिने योग शिबिर सुरु

coverkhabar.com

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकामा सात दिने योग शिविर सुरु भएको छ ।  शिविर आजबाट सुरु भएको हो। नागरिक आरोग्य केन्द्र बाँफीकोट गाउँपालिकाको समन्वय र सहजीकरणमा र आयुर्वेद स्वास्थ्य केन्द्र रुकुम पश्चिमको आयोजनामा शिबिर सुरु भएको हो । 


बाँफिकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकास विक्रम शाहको अध्यक्षतामा भएको शिविरमा आयुर्वेद स्वास्थ्य केन्द्र रुकुम पश्चिमका कार्यालय प्रमुख डाक्टर महेन्द्र खड्काको प्रमुख आतिथ्यता रहेको थियो । शिबिर सात दिन सम्म चल्ने बताएको छ । 


शिविरको सहजीकरण नागरिक आरोग्य केन्द्र बाँकेकोट गाउँपालिकाका कार्यालय प्रमुख धनबहादुर केसीले गरिरहनु भएको छ।


प्रतिक्रिया