मुसिकोट - रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–८ हुसीखोलामा छोराले आफ्नै बाबुको हत्या गरेका छन। घरमा विवाद हुँदा छोराले आफ्नै बुवाको हत्या गरेका हुन ।
सानीभेरी गाउँपालिका–८ हुसीखोला बस्ने अन्दाजी २६ वर्षीय पारस घर्तीले आफ्नै बुवा ठगेन्द्र घर्तीलाई धारिलो हतियार हँसियाले टाउकोको पछाडिको भागमा प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको हो।
घटनापछि पारस घर्तीलाई नियन्त्रणमा लिइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ । मृतक घर्तीलाई पोस्टमार्टमको लागि जिल्ला अस्पताल सल्ले ल्याइएको छ पोस्टमार्टम भोलि हुने जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिम प्रहरी निरीक्षक तथा सूचना अधिकारी झकेन्द्र परियार बताइए ।
१२ साउन २०८३, बुधबार ०५:५५ मा प्रकाशित