मुसिकोट - पश्चिमको बाफिकोट गाउँपालिकामा सार्बजनिक सुनुवाइ सम्पन्न भएको छ । बाँफिकोट गाउँपालिकाको आयोजना सहिद स्मृति भबन बाफिकोटमा सार्बजनिक सुनुवाई सम्पन्न भएको बताएको छ ।
सार्बजनिक सुनुवाईमा स्थानिय खानेपानी , स्वास्थ , शिक्षा , र अन्य बिषयमा प्रश्न गरेका थिए । प्रश्नहरुको गाउँपालिका अध्यक्ष जनककुमार बाठा उपाध्यक्ष तारा बुढा केसि , प्रमुख प्रशासकीय अधिकृत बिकाश बिग्रम शाह , शाखा प्रमुखहरु र वडा अध्यक्षहरुले प्रश्नको जबाफ दिएका थिए ।
गाउँपालिकाले आफुले गरेका कामहरुको सार्बजनिक गर्नको निम्ति सार्बजनिक सुनुवाई गरेको प्रमुख प्रशासकीय अधिकृत बिकाश बिग्रम शाहले बताए । सार्बजनिक सुनुवाईको सहजीकरण नेपाल पत्रकार महासङ्ग रुकुम पश्चिम सहसचिव प्रचण्ड खत्री र अध्यक्ष गोपाल प्रसाद रेग्मिले गरेका थिए ।
१३ जेठ २०८३, बिहिबार ०५:११ मा प्रकाशित