यमुना नन्द नमुना मावि शेरिगाउँले नयाँ विद्यार्थीहरूलाई स्वागत , कतै बिद्यालय जोगाउन धौ- धौ

coverkhabar.com

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ५ मा रहेको यमुना नन्द नमुना मावि शेरिगाउँले नयाँ विद्यार्थीहरूलाई स्वागत गरेको छ । विद्यालयमा एक कार्यक्रमको आयोजना गरी विद्यालयमा नयाँ आउने विद्यार्थीहरूलाई स्वागत गरिएको हो । 

अन्य विद्यालय छाडेर विद्यालयमा भर्ना हुने २ सय विद्यार्थीहरूलाई विद्यालयमा स्वागत गरिएको शिक्षक गोपाल केसीले बताए  । विभिन्न विद्यालय छाडेर विद्यालयमा भर्ना भएका तथा पहिलो पटक भर्ना भएका विद्यार्थीहरूलाई अबिर लगाएर स्वागत गरिएको उनले बताए  । 

प्रधानाध्यापक कमप्रसाद देवकोटा सहित विद्यालयमा कार्यरत शिक्षकहरूले नयाँ विद्यार्थीलाई स्वागत गरेका थिए । कुनै बिद्यालयमा बिद्यार्थि बढी हुने र कुनै ठाउँमा बिद्यालयको नाम जोगाउने धौ- धौधौ हुने गरेको छ ।

रुकुम पश्चिम स्थानिय तह हुनु भन्दा अगाडी बिद्यालयहरु च्याउ उम्रे जस्ता थिए । स्थानीय तह आए देखि नियम बनायर मर्ज गरेका थिए । मर्ज भएता पनि मुस्किलले बिद्यालय जोगाउने गरेको शिक्षा प्रेमी गोपाल केसिको भनाई छ ।

अहिले आएर सेरिगाउँ बिद्यालयमा कलास थप्दा पनि बिद्यार्थीको संख्या दिनहु बढिरहेको मुसिकोट नगरपालिकाको भनाई छ । अहिले जिल्लाको सबै भन्दा राम्रो पढाइ हुने भनेको सेरिगाउँ बिद्यालय चर्चामा रहेको छ ।

प्रतिक्रिया