मुसिकोटमा मोटरसाइकल र जिप ठोकिँदा मोटरसाइकल चालक घाइते

coverkhabar.com

मुसिकोट - रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ३ माछिमी स्थित मध्यापहाडी राजमार्गमा जिप र मोटरसाइकल एक आपसमा ठोकीएका हुन । शनिबार ४ बजेको समयमा खलंगा देखी सिम्ली जादै जिप र माछिमी देखि खलंगा आउदै मोटरसाइकल एक आपसमा ठोकीएको जिल्ला प्रहरी कार्यलय सुचना अधिकारी तथा प्रहरी निरीक्षक हरिप्रसाद पुनले बताए ।

सानीभेरी गाउँपालिका वडा नम्बर ५ बस्ने बर्ष ३५ को प्रेम बाठाले चलाएको लु १ ज १७४७ नं को जिप र बिपरित दिशाबाट आउदै मुसिकोट नगरपालिका माछिमी बस्ने बर्ष २५ को प्रविन के.सी ले चलाएको भे १२ प २३५ नं को मो.सा एकआपसमा ठक्कर खादा मोटरसाईकल चालकको टाउको र वाँया हातमा चोट लागेको प्रहरिको भनाई छ ।

मोटरसाइकल चालकको अवस्था बोल्न नसक्ने र उपचारको लागी जिल्ला अस्पताल सल्ले पठाईको प्रहरी निरीक्षक पुनको भनाई छ ।

अस्थाई प्रहरि पोस्ट पिपलनेटाबाट प्रहरि सहायक हवल्दार बिर्ख बहादुर शाहीको कमाण्डमा ट्राफिक सहित ३ जनाको टोली घटना स्थलमा खटिएको थियोे । 

प्रतिक्रिया