बाँफिकोट -रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर ७ मा रहेको सरस्वती आधारभुत बिद्यालय बाँफिकोट ७ मा शैक्षिक सामाग्री बितरण गरिएको छ । सामाजिक विकास कार्यलय रुकुम पश्चिमका प्रशासकीय अधिकृत ध्रुब कुमार बाठा मगरको सहजीकरण र चिरञ्जीवी मल्लको समन्वयमा उच्च जोखिममा बिद्यार्थिलाई शैक्षिक सामाग्री बितरण गरिएको बिद्यालयले जनाएको छ ।
कक्षा ECD देखि ५ सम्मका ३५ जना बिद्यार्थिलाई झोला,कापी,कलम,ज्यामिती,पेन्सिल,ड्रविङ्ग पेन्सिल र स्वास्थ्य सामाग्री साबुन,मन्जन,बुरुस,नङ्ग कटर र छाता गरि करिब रुपैयाँ एक लाख बरावर को सामाग्री वितरण गरिएको बताएको छ ।
यस बिद्यालयका अध्यक्ष मोहन खनाल र बिद्यालयका प्रधानाध्यापक तिलक खनाल लगायत अभिभाबकको सहभागीता रहेको छ । प्रधानाध्यापक खनालले सहयोग गर्ने सबैमा धन्यवाद दिएका छन । त्यस बिद्यालयमा अहिलेसम्म कसैले सहयोग गरेको थिएन ।