चौरजहारी - रुकुम पश्चिमको चौरजहारी नगरपालिकावाट संचालनमा रहेको सामुदायिक रेडियो आफनो एफ.एम ९० थोप्लो ४ मेगाहर्जले आफनो स्थापना दिवस विविध कार्यक्रमको आयोजना गरी मनाएको छ ।
मानव विकास तथा सामुदायिक सेवा र चौरजहारी सामुदायिक विकास केन्द्र द्धारा संचालित सामुदायिक रेडियो आफनो एफ.एम.ले वार्षिकोत्सवको अवसरमा चौरजहारी अस्पतालमा भर्ना भएर उपचार गराईरहेका ६० जना विरामीहरुलाई फलफुल वितरण सहित स्वास्थ्य लाभको कामना गरेको छ ।
रेडियोले सोही अवसरमा चौरजहारी नगरपालिका भित्रका, अपांगता भएका व्यक्ति, दिर्घरोगी, एकल महिला र जेष्ठ नागरिकहरुलाई डिजिटल रेडियो सेट र न्यानो कपडा वितरण गरेको हो ।
रेडियोले १० जना जेष्ठ नागरिकहरुहरुलाई न्यानो कपडा, फाईवर सिरक र १८ जनालाई डिजिटल रेडियो सेट हस्तानतरण गरेको रेडियोका प्रवन्ध निर्देशक गोपालप्रसाद रेग्मीले जानकारी दिनुभयो ।
जिल्लाको चौरजहारी नगरपालिका वडा नम्वर १ स्याउलीवजारवाट नियमित प्रसारणमा रहेको रेडियो आफनो एफ.एफ.ले दैनिक १७ घण्टा प्रसारण सेवादिदै आईरहेको छ ।
कार्यक्रम स्थल सम्म पुग्न नसक्ने उमेरले ६० वर्षदेखि १ सय २ वर्ष उमेर समुह तथा शारिरीक अपांगता भएका व्यक्तिहरुका लागि घरमै पुगेर मानव विकास तथा सामुदायिक सेवाका रेडियो प्रसारण विभाग संयोजक विजय मानन्धरले उक्त न्यानोकपडा तथा रेडियो सेट हस्तान्तरण गर्नुभएको थियो ।
उहाँका अनुसार आइतवार चौरजहारी अस्पतालमा भर्नाभएर उपचार गराईरहेका विरामीहरुलाई फलफुल वितरण गर्ने कार्यक्रम रहेको वताईएको छ ।
२०७३ साल पौष २७ गते स्थापना भएको रेडियोले समाचार, सूचना, मनोरञ्जन लगाएतका विविध कार्यक्रमहरु संचालन गर्दैआईरहेको छ ।
मानव विकास तथा सामुदायिक सेवा र चौरजहारी सामुदायिक विकास केन्द्र द्धारा संचालित सामुदायिक रेडियो आफनो एफ.एम.ले वार्षिकोत्सवको अवसरमा विगतमा, पनि शारिरीक अपांगता भएका व्यक्तिहरुलाई ह्वीलचियर वितरण गरिएको े जनाएको छ ।
त्यस्तै रेडियोले भूकम्प पिडीत परिवारहरुलाई खाद्यन्न वितरण, रक्तदान, पत्रकारिता तालिम, न्यानो कपडा वितरण, जिल्ला कारागार रुकुम पश्चिममा रहेका कैदी वन्दीहरुलाई फलफुल एवम उत्प्रेरणामूलक पुस्तक हस्तान्तरण, पत्रकारहरुका लागी टर्चलाईट वितरण लगाएका कार्यक्रमहरु समेत गरेको थियो ।
आइतवार आयोजित फलफुल वितरण, न्यानो कपडा तथा रेडियो सेट वितरण कार्यक्रममा रेडियोमा कार्यरत कर्मचारी पत्रकार, चौरजहारी अस्पतालका प्रशासक डिल वहादुर गिरी, अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी, रेडियोका संस्थापक विजय माननन्धर लगाएतको सहभागिता रहेको थियो ।
रेडियोले वार्षिकोत्सवको अवसरमा रेडियो संचालनमा विभिन्न माध्यामवाट सहयोग सुभेक्षा प्रकट गर्नुहुने आमश्रोता, विज्ञापनदाता, संचारकर्मी, स्थानीय सरकार एवम सरकोरवाला निकायप्रति हार्दिक आभार समेत व्यक्त गरेको छ ।
साथै रेडियो आफनो एफ.एम.ले आफनो स्थापना भएको ९ वर्षपुरागरी १० औं वर्षप्रवेशको अवसरमा १ सय वाट क्षमताको विस्तारगरी ५ सय वाटबाट आफनो प्रसारण सेवा सुरुगरेको छ ।