छिनखेत बजार अनुगमन

coverkhabar.com

मुसिकोट - रुकुम पश्चिम बाफिकोट गाउँपालिकाको प्रमुख ब्यापारीक केन्द्र छिनखेत बजार अनुगमन गरिएको छ । घरेलु तथा साना उद्योग कार्यलय रुकुम पश्चिमको आयोजनामा बजार अनुगमन गरिएको कार्यलय प्रमुख  प्रेमप्रकाश केसिले बताए । 


छिनखेतका करिब ३५ पसलमा बजार अनुगमन गरिएको हो । अनुगमन बाट करिब सात बजार बराबरको सामान जफत गरि नस्ट गरिएको कार्यलय प्रमुख केसिको भनाई छ ।


ब्यापारीहरुलाई सामान लिस्ट राख्न , समयमै कर तिर्न , नबिरकरण  गर्न , सुझाब दिएको बताएको छ । अनुगमनमा सहायक प्रमुख जिल्ला अधिकारी केशब प्रसाद ओलि , कार्यलय प्रमुख प्रेमप्रकाश केसि , नेपाल पत्रकार महासङ्ग रुकुम पश्चिमका सहसचिव प्रचण्ड खत्री लगायतको सहभागिता रहेको थियोे ।

प्रतिक्रिया