बाँफिकोटमा प्रमुख प्रशासकीय अधिकृत छिठो ल्याउ

coverkhabar.com

    बाँफिकोट-  रुकुम पश्चिम् बाँफिकोट गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत बिहिन भएको लामो समय भैसकेको छ । कर्मचारी , शिक्षक लगायतले लामो देखि तलब पाएका छैनन । विभिन्न योजनाहरुको सम्झौता भएको छैन । पोहोर सालको दायित्वमा सारेको पैसा भुक्तानी नहुदा ब्यापारी र ठेकेदारहरु निराश भएका छन । कत्तिले गाउँपालिकाको नाममा मुद्दा  तयारी गर्दैछन । गाउँपालिकामा १० वटा रहेको छन ।

२ वटा वडा नेपाली काङ्ग्रेसले जितेको छ भने आठ वटा वडा पुर्ब नेकपा माओवादी केन्द्रले जितेको छ । गाउँपालिका अध्यक्ष नेपाली काङ्ग्रेसका युबा नेता जनककुमार बाठाले जित्नु भएको छ भने उपाध्यक्ष पुर्ब नेकपा माओवादि केन्द्रकी नेता तारा बुढा ( केसिले ) जित्नु भएको छ ।

अधिकृत अहिले आउने हो अत्तोपत्तो छैन । गाउँपालिका कर्मचारी के गर्छन थाहा छैन । प्रमुख प्रशासकीय अधिकृत नहुदा कर्मचारीहरु आफ्नै स्वरमा काम गरिरहेका छन । ३ महिना भैसकेको छ तलब पाएका छैनन । तलब नपाउदा उनिहरु समस्या परेको नाम नखुलाउने शर्तमा एक कर्मचारीको भनाई छ ।

योजनाहरु सम्झौता नहुँदा अलपत्र अबस्थामा छन । गाउँपालिकाले भने अधिकृतको लागि मन्त्रालय सङ्ग कुरा गरिरहेका छ । मन्त्रालयले भने जेष्ठताको आधारमा पत्र दिएता पनि यहाँ काम गर्न मानिरहेका छैन । आन्तरिक भन्दा बाह्यका स्थानीयका कारण काम गर्न मानिरहेका छैनन ।

प्रतिक्रिया